coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ससुरा हत्याको आरोप लागेकी बुहारी पूर्पक्षका लागि थुनामा

कपिलवस्तु- आफ्नै ससुरालाई बिभत्स हत्या गरेको आरोप लागेकी २६ वर्षिया लक्ष्मी बोहरा पौडेललाई पूर्पक्षका लागि जेल चलान गरिएको छ। अदालतले शुक्रबार ५५ वर्षिय ससुरा धनराज पौडेलको हत्या गरेको आरोपमा लक्ष्मीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

गत मंसिर १ गते बुद्धभुमी नगरपालिका– २ गोरुसिंगेस्थित आफ्नै घरमा रहेको दाउराले धनराजको निर्मता पूर्वक हत्या गरिएको थियो। न्ययाधिश कपिलमणि गौतमको ईजलासले अभियुक्त लक्ष्मीले घटनामा आफ्नो संलग्नता स्विकार नगरे पनि अनुसन्धानकोक्रममा देखिएको प्रमाण, घटनाको मुचुल्का, लक्ष्मीको श्रीमान शंकरले गरेको कागज र दिएको बयानका आधारमा सो निर्णय गरेका हुन्।

अदालतका श्रस्तेदार चिन्तामणि शर्माले अभियुक्त लक्ष्मीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको बताए। तर कारागार ऐन २०१८९ को दफा ८ बमोजिम २० महिनाको नाबालक छोरालाई भने लक्ष्मीसँगै राख्न दिने निर्णय भएको उनले बताए। छोरालाई बुवा शंकरलाई समेत भेटघाट गर्न दिनेसमेत निर्णय भएको हो। वादीको तर्फबाट बरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेल र सरकारी वकिल गोबिन्द गिरी तथा प्रतिवादीको तर्फबाट अधिवक्ता बृजेन्द्र चौधरीले बहस गरेका थिए।

कपिलवस्तु कारागारमा महिला कैदीबन्दीलाई राख्ने व्यवस्था नभएकाले लक्ष्मीलाई पाल्पा कारागारमा लगिने सुरक्षा श्रोतले जनाएको छ। हत्याकाण्डको रहस्य नसुल्झीएपछि गत मंसिर तेस्रो साता केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले घटनाको अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो। शंकरसँग ४ वर्षअघि प्रेम बिवाह भएदेखि परिवारमा झैझगडा हुने गरेको थियो। २ वर्षअघि अस्ट्रेलिया जानका लागि शंकरले लक्ष्मीलाई ५ लाख रुपैयाँ दिएका थिए। तर अस्ट्रेलिया नगए पनि सो पैसाबारे लक्ष्मीले शंकरलाई हिसाब देखाउन सकिनन्।

शुक्रबार अदालतमा आएका लक्ष्मीको श्रीमान शंकरले परिवार र आफ्नो सुखका लागि गरेको प्रेम बिवाहको दुःखद् अन्त्य भएको बताए। ‘खै किन यस्तो कठोर कदम चालिन्, मेरो बुवालाई मरिन्’ भावुक हुँदै उनले भने ‘ आखिर के पाईन् यस्तो गेरेर?’
 

 

प्रकाशित: ११ पुस २०७६ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App