८ वैशाख २०८१ शनिबार
राजनीति

उद्योग व्यवसाय बैँकको इन्जिन हो : गभर्नर नेपाल

कार्यक्रममा सहभागी गर्भनर नेपाल लगायत । तस्बिर: नागरिक

गोरखा- नेपाल राष्ट्र बैँकका गर्भनर चिरञ्जिवी नेपालले उद्योग व्यवसाय बैँकको इन्जिन भएको बताएका छन्। ‘उद्योग व्यापार, व्यवसाय बिना बैँक चल्दैन, यो बैँकको इन्जिन हो’ उद्योग बाणिज्य संघ गोरखाले शनिबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले भने। बैँको इन्जिनमा योजनासहित लगानी बढाउन गोरखाका व्यापार व्यवसायीलाई उनले सुझाव दिए।

‘खाडी मुलुकमा १०/२० हजार कमाउन युवा गएका छन्, बैँकहरु ऋण लिएर घरघर लगानी गर्ने युवा खोज्दै हिँडेका छन्’ उनले भने। काजगात पूरा गरेकालाई ऋण लगानी नगर्ने बैँकलाई कारवाही गर्ने चेतावनी पनि दिएका छन्। उनले भने ‘कागजात सबै पेश गर्नुहोस्, ऋण नदिए राष्ट्रबैंकमा भन्नुहोस्, म कारवाही गर्छु।’ दुर्गम क्षेत्रमा पनि बैंकको पहुँच पुगोस् भनेर राष्ट्र बैंकले हरेक स्थानीय तहमा बैंक लैजाने नीति ल्याएको गर्भनर नेपालले बताए। अहिले नेपाली बजारमा तीन सय अर्व लगानी रहेको बताउँदै उनले देशको अर्थतन्त्र हेरेर अघि बढ्न व्यापारी व्यवसायीलाई अनुरोध गरे।

नेपालको व्यापार घाटा बढेको प्रति चिन्ता जनाउँदै उनले ३५ अर्वको चामल आयात गर्ने र देशभित्रको उर्भर जमिन बाँझो राख्ने क्रम बढेको बताए। ‘ऋण पाइएन भन्ने मात्र होईन, ऋण लिएपछि सहि सदुपयोग गर्नुपर्छ, केही काम र योजना त ऋण लिने व्यक्ति आफैँले पनि बनाउनुपर्छ’ उनले भने।

अन्तक्रियामा संघका अध्यक्ष जिवनज्योती श्रेष्ठले स्थानीय तहमा खुलेका बैंकले लगानी गर्न नसकेको, ब्याज वृद्धी गर्ने बैंकको प्रवृत्ती बढेको, गोरखा बजार क्षेत्रको सडकमा ३५ मिटर कायम हुने हल्लाले लगानी बढाउन नसकेको जस्ता समस्या राखेका थिए।

कार्यक्रममा स्थानीय तहका प्रमुख, व्यापारी व्यवसायीहरुको उपस्थिती रहेको थियो। जनप्रतिनिधिहरुले बैंकिङ साक्षरता र पहुँचको बारेमा ग्रामिण भेगका जनता अझै अनविज्ञ रहेको गुनासो गरे।

 

 

प्रकाशित: ११ पुस २०७६ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App