८ वैशाख २०८१ शनिबार
राजनीति

विपक्षी दलको अबरोधपछि संसद बैठक स्थगित

फाइल तस्बिर ।

काठमाडौं–सरकारले  संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष एमालेसहितका प्रतिपक्ष दलले अबरोध गरेपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगति भएको छ। सोमबार बसेको संसद बैठकको सुरुमा नेपा राष्ट्रिय पार्टीका संसदीय दलका नेता लक्ष्मण राजवंशीले संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका थिए।

उनले अहिलेको संशोधन प्रस्तावले मुलुकको समस्या समाधान हुने भन्दा पनि समस्या बल्झिने भन्दै प्रस्ताव फिर्ता लिन माग गरेका थिए। राजवंशीले आफ्नो भनाइ राखिसकेपछि  सबै विपक्ष दलका सांसद आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए।

सभामुखले आफ्नो सिटमा बस्न गरेको आग्रह सांसदहरुले नमानेपछि बैठक पुस ७ गते बिहीबार एक बजेसम्मकालागि स्थगित गरिएको छ। सभामुख ओनसरी घर्तीले संसद सुचारु गर्ने विषयमा सोमबार विहान प्रमुख दलका शीर्ष नेतासँग परामर्श गरेकी थिइन्। बैठकमा पनि प्रमुख प्रतिपक्ष एमालेले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन सुचारु हुन नदिने अडान राखेको थियो।
 

प्रकाशित: ४ पुस २०७३ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App