coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुमो दुर्घटनाः तीनको मृत्यु, पाँच घाइते

हेटौँडा- मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र  पाँच घाइते भएका छन्।

चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो। मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ। सुमोमा नौ जना सवार रहेका थिए भने ती मध्ये एक सकुशल रहेका छन्। दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

प्रकाशित: ११ पुस २०७६ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App