coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बहिनी भेट्न गएका दाजु खोलामा मृत भेटिए

जुम्ला- जुम्लाको गुठिचौर गाउँपालिकाको झारज्वाला नजिकैको खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्। बहिनी भेट्न गुठिचौरको गज्र्याङकोट पुगेका चन्दननाथ नगरपालिका ३ का ५० वर्षिय परबहादुर कामी मृत अवस्थामा भेटिएका हुन्। उनको शव नजिकै रगत बगेको भेटिएको छ। मृतक कामीको अनुहारमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी लालबहादुर धामीले जानकारी दिए।

उनका अनुसार मृत्युको प्रकृति हेर्दा रहस्यमय देखिएको छ। छोरा हराएको भन्दै परबहादुरका बुबा प्रहरीकोमा खोजिदिनको लागि आग्रह गर्न गएपछि प्रहरीले खोजी कार्य थालेको थियो। खोज्दै जादा झारज्वाला नजिकैको खोलामा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। नियन्त्रणमा लिएकाहरु र मृतक कामीबीचमा केही दिनअघि बादविवाद भएको पाईयो, प्रहरी प्रमुख डिएसपी धामीले भने,‘घटनाको सुक्ष्म तरिकाले अनुसन्धालन भइरहेको छ।

मृतकका आफन्तले भने घटना रहस्यमय भएको भन्दै अनुसन्धान गरेर दोषी उपर कारबाहीको लागि प्रहरी समक्ष माग गरेका छन्।
   

 

प्रकाशित: ११ पुस २०७६ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App