१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डोल्पा अस्पतालमा बिरामीलाई खाना र नास्ता, हप्तामा दुई पटक मासु

जिल्ला अस्पताल दुनै बिरामीहरुलाई जाडोको सकसबाट बच्न अस्ताल ब्यवस्थापन समितिले वितरण गरेको सिरक, हिटर र खाद्यन्न बुझदै बिरामी।

डोल्पा - जिल्ला अस्पताल दुनैमा भर्ना भएका बिरामीले अब घरपरिवार र आफन्तले खाना ल्याएर आउदैनन् कि भनेर चिन्ता लिनु पर्ने अवस्थाको अन्त्य भएको छ। जिल्ला अस्पताल व्यवस्थापन समितिले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई खाना, नास्ता र बिहान बेलुका चियाको व्यवस्था गर्ने निर्णय गरेपछि समयमै खाना लिएर परिवार आउदैनन् कि भनेर चिन्ता लिनु पर्ने अवस्थाको अन्त्य भएको हो।

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले अस्पताल भर्ना भएका बिरामीलाई बिहान ७ बजे र बेलुका चिया,दश बजे खानासंग अण्डा दिउँसो रोटी तरकारी हप्तामा दुई पटक मासु  र बिरामीको अवस्था अनुसार मानवोचित सेवा उपलब्ध गराउने निर्णय गरेको हो।अस्पतालमा रहेकी कृष्णदेवी भारतीले अस्पताल ब्यवस्थापनले युवा नेतृत्व पाएसंगै बिरामीहरुलाई उपलब्ध गराउने भनेको सेवा अहिले सम्मकै उदाहरणीय काम भएको बताइन। उनले भनिन् अस्पतालमा भर्ना हुने सबै बिरामीहरुको आर्थिक अवस्था एउटै हुँदैन,कसैको बिहान बेलुका खाना खानलाई समेत समस्या पर्ने गरेको थियो।यसले गर्दा नियमित खानासंगै स्वास्थ्यको लागि चाहिने भिटामिनसहितको सन्तुलित आहार समेत पाउने छन्।

दिनमा दुइ गुणा रातमा चौगुणा मुल्य आकासिने सदरमुकाम दुनैमा बिरामी आफन्तलाई आर्थिक अभावमा नियमित रुपमा सन्तुलित खाना खुवाउन समस्या परेको कतिपयको अवस्था नाजुक रहेको पाइएको छ। बिरामीहरुले अस्पतालमा रहंदासम्म खानाको अभावमा तडपिनु नपरोस, ढुक्कका साथ उपचार गराउन सकुन् भनेर खाना नास्ता र चियाको व्यवस्था गर्ने निर्णय गरिएको ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर रोकायले बताए।

यसै गरी अस्तालका बिरामीहरुले उपचार गराउदा जाडोको सकस नपरोस भनेर देउसीभैलो खेलेर जम्मा भएको रकमले १७ ओटा फाइबर सिरक,चार ओटा हिटर, चामल समेत उपलब्ध गराइएको अध्यक्ष रोकायाले नागरिकलाई बताए।

प्रकाशित: ११ पुस २०७६ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App