८ वैशाख २०८१ शनिबार
राजनीति

संसद बैठक सूचना टाँसेर स्थगित

फाइल तस्बिर

काठमाडौं- प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित भएको छ। शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो। संघीय संसद सचिवालले प्रतिनिधिसभाको बैठक विशेष कारणबस बस्न नसक्ने भएकोले पुस १६ गते १ बजे सम्मका लागि स्थगित भएको व्यहोराको सूचना टाँसेको छ।

सूचनामा भनिएको छ “आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले नेपालको संविधनको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने मानीनय उपसभामुख ज्यूले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम  ३ बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।”

शुक्रबारको बैठकका लागि सम्भावित कार्यक्रम पनि सार्वजनिक भईसकेको थियो। बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा नै 'प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनको लागि दिन निर्धारण गर्नुहुने भन्ने’ भन्ने उल्लेख थियो।

प्रकाशित: ११ पुस २०७६ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App