coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुर्यग्रहण अवलोकन गर्न विद्यार्थीको घुइँचो

काठमाडौं – कीर्तिपुरमा रहेको वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिको परिसरमा बिहिवार विहानैदेखि विद्यार्थीको घुँइचो थियो। खण्डग्रास सुर्य ग्रहण अवलोकन गर्नकोलागि विद्यार्थी एकै ठाउँमा जम्मा भएका हुन्। बिहिवार सुर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सुर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्नगइ सुर्यग्रहण लागेको मनमोहक दृश्यको अवलोकन गर्न आएको कक्षा का विद्यार्थी आकाश बोहराले बताए। कितावमा ग्रहणको बारेमा पढेको भएपनि वास्तविक रूपमा कस्तो हुन्छ भन्ने जानकारी नभएकाले वास्तवीकता बुझ्न अवलोकन गर्न आएको उनले बताए।

‘किताबमा चन्द्रग्रहण, सृर्य ग्रहणबारे पढेको थिए। तर कसरी लाग्न ? कस्तो हुन्छ त्यो थाहन थिएन,’ आकाशले भने ‘पहिलो पटक अवलोकन गर्न पाइयो।’ स्कुले केटाकेटी मात्र होइन ग्रहणको दृश्यवलोकन गर्न विश्वविद्यालयका विद्यार्थी र सर्वसाधारणको पनि सहभागिता रहेको थियो। त्रिभुवन विश्वविद्यालय केन्द्री क्याम्पसको विज्ञान संकाय अन्तर्गत भौतिक शास्त्र स्नातकोत्तर तह दोस्रो सेमेस्टरका विद्यार्थी प्रदीप कार्कीले पनि आफूले किताबमा मात्र ग्रहणबारे अध्ययन गरेको भएपनि अहिले प्रत्यक्ष अवलोकन गर्न पाएको बताए।

विद्यार्थीलाई सोलार फिल्टरको प्रयोगबाट प्रत्यक्ष रूपमै ग्रहण हेर्न पाउँदा व्यवस्था गरिएको थियो। उब्यवहारिक ज्ञान पाइयो। विद्यार्थीलाई व्यवहारीक ज्ञानको लागि उक्त व्यवस्था गरिएको बताइएको छ। विश्वविद्यालयमा अवलोकनपछि विद्यार्थीलाई ग्रह, उपग्रहको बोमा जानकारीसमेत गराइएको थियो। प्लानेटोरियमले आफैँले बनाएको सोलार फिल्टरको माध्यमबाट टेलिस्कोपको प्रयोगले सर्वसाधारण, विद्यार्थी, शिक्षकलाई प्रत्यक्ष सूर्यग्रहण अवलोकन गरेको कार्यकारी निर्देशक सनककुमार शर्माले बताए।

ग्रहण समान्य र खगोलिय घटना हो। यो प्राकृतिक घटना हो। यसले कसैलाई कुनै असर गर्दैन,’ निर्देशक शर्माले नागरिकसँग भने‘प्रत्यक्ष ग्रहणको अवलोकनले समाजमा फैलाइएका अन्धविश्वास अन्य हुन्छ भने विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्दा किताबमा पढेको विषयबारे कहिल्यै नविर्सने गरी बुझन र अध्ययन गर्न पाएको हामीले महसुस गरेका छौं।’ ग्रहणको अवालोकन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल समेत पुगेर टेलिस्कोपको माध्यमबाट ग्रहणको रमणीय दृश्य अवलोकन गरे। सुर्य ग्रहण केवल चन्द्रमाको ‘ न्यून मून’फेजमा मात्र लाग्न संभव हुने निर्देशक शर्माले जनाए।

खण्डग्रास, खग्रास तथा वलयाकार सुर्यग्रहण विभिन्न खगोलिय अवस्थमा निर्भर गर्दछ। बिहिवारको सुर्यग्रहण काठमाडौंबाट हेर्दा सुर्यको ३९ प्रतिशत भाग छेकिएको थियो। सुर्य पृथ्वीबाट लगभग १५ करोड किमी टाढा रहेको बताइएकोछ। यसको व्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो रहेको विज्ञहरूको भनाइ छ। चन्द्रमाको व्यास पृथ्वीको एक चौथाइ मात्र छ।

प्रकाशित: ११ पुस २०७६ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App