७ वैशाख २०८१ शुक्रबार
समाज

कहाँ राखिन्छ बरामद लागुऔषध ?

काठमाडौं – प्रहरीले लागुऔषधको सेवन तथा कारोबार गर्ने विभिन्न व्यक्तिहरूबाट प्रयाः हरेक दिन लागुऔषध बरामद गर्दै आइरहेको छ। अवैध रूपमा कारोबार हुने चरेस, अफिम, कोरेक्स, डाइलेक्स, ट्याबलेट, हेरोइन, एम्पुल, एमफेटामाइनलगायत लागुऔषध कहाँ लगिन्छ ? धेरैलाई लाग्छ प्रहरीले नै नष्ट गर्छ वा कार्यालयमा राख्छ। अझ केहीले त प्रहरीले नै प्रयोग गर्ने गरेको आरोप लगाउने गरेको छ।

विभिन्न समयमा फेला परेको लागुऔषध नस्ट गर्ने तरिका भने फरक छ। प्रहरी एक्लैले बरामद भएको लागुऔषध नस्ट गर्दैन। त्यसो गर्न पनि पाउँदैन। अनुसन्धान अधिकारी र अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका प्रतिनिधिको रोहवरमा नस्ट गर्नेगरिन्छ। नस्ट गर्नुपूर्व मुचुल्का उठाउनुपर्छ। लागुऔषध ऐन २०३३ अनुसार अनुसन्धानको शिलाशिलामा बरामद गरिएको लागुऔषध १५ दिनभित्र नस्ट गर्नुपर्छ। नस्ट गर्दा अनुसन्धान अधिकारी, सम्बन्धित अदालतको प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, स्थानीय तहको प्रतिनिधिलगायतको सहभागिता हुनैपर्ने कानुनी व्यवस्था रहेको छ।

प्रहरीका अनुसार बरामद गरिएका सामग्री १० वर्ष अघिसम्म अदालत बाहिर नस्ट गरिन्थ्यो। अदालतको सम्बन्धित व्यक्तिलाई साक्षि राखेर लागुऔषध नस्ट गरिन्थ्यो। अहिले लागुऔषध नस्ट गर्न अदालतले नै ठाउँ उपलब्ध गराएकोछ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका एसपी बसन्त लामाले प्रहरीले बरामद गरेको लागुऔषध र अन्य सामग्री (फिजिकल इभिडेन्स) अदालमा लगेर नस्ट वा स्टोर गरेर राखिने जानकारी दिए। उनले फिजिकल इभिडेन्स अनुसन्धानको लागि अदालतमा राखिने बताए।

‘पहिले–पहिले प्रहरीसँग नै राख्नुपर्दथ्यो। बीचमा दुरुपयोग भयो भनेर हल्ला चल्यो, त्यसपछि अदालतले नयाँ प्रहरीसँग नस्ट गर्न नपाइने नियम लागु ग¥यो,’ उनले भने, ‘अहिले सम्बन्धित अदालतमै लागुऔषध नस्ट गरिन्छ।’ उनका अनुसार अभियुक्तबाट बरामद गरिएका फिजिकल इभिडेन्सको रूपमा प्रयोग गरिन्छ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार २०७५/०७६ मा एक हजार तीन सय ५९ केजी गाँजा, ३१ केजी अफिम, तीन हजार ६३ बोत्तल कोरेक्स, दुई हजार ६ सय ५९ केजी चरेस, २२ हजार ६ सय २६ वटा ट्याबलेट, ११ केजी हेरोइन, दुई लाख ९४ हजार ७ वटा एम्पुल, ९३ केजी एमफेटामाइन बरामद गरिएको थियो। यी सबै लागुऔषध नस्ट गरिसकिएको प्रहरीको भनाइ छ। लागुऔषधमा संलग्न पाँच हजार तीन सय ५७ जना नेपाली र दुई सय एक जना विदेशीलाई पक्राउ गरी कारबाही अघि बढाइएको थियो।

प्रकाशित: ११ पुस २०७६ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App