coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

संसद अबरोध जारी राख्ने विपक्षी दलको निर्णय

काठमाडौं–प्रमुख प्रतिपक्ष एमालेसहित आठ प्रतिपक्ष दलले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन अबरोधलाईकायमै राख्ने निर्णय गरेका छन्। सोमबार एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको प्र तिपक्ष दलको बैठकले सरकारले संशोधन  प्रस्ताव थाँती राखेर निर्वाचन सम्बन्धी कानुन संसदमा ल्याउने हो भने लचकदार रुपमा प्रस्तुत हुने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जनाए।

‘मुख्य रुपमा सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ भन्ने नै हाम्रो माग हो,’ राष्ट्रिय जनमुक्ति पार्टीका संसदीय दलका नेता शिवलाल थापाले भने,‘यदि सरकारले संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनसम्बन्धी कानुन ल्याएको खण्डमा लचक हुने सहमति भएको छ।’

बैठकले पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा पश्चिन नेपालमा भइरहेको आन्दोलनप्रति ऐकेवद्धता जनाउने निर्णय गरेको थापाले जानकारी दिए। बैठकले यही पुस १७ गते संशोधन प्रस्तावको विरोधमा राजधानीमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ।

यसैगरी बैठकले सभामुखले संशोधन प्रस्ताव जवर्जस्ती संसदमा पेश गर्ने कोसिस गरे अवरोध गर्ने निर्णय गरेको छ। ‘अहिलेसम्म हामी आफ्नो सिटबाट उठेर विरोध मात्र गरेका छौं,’ एक नेताले भने,‘यदि सभामुखले जर्वजस्ती संशोधन प्रस्ताव पेश गर्न कोसिस गरे त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ।’
 

प्रकाशित: ४ पुस २०७३ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App