coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एकको मृत्यु एक घाइते

भैरहवा- बेलहिया–बुटवल सडकमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको भलवारी चोकमा लु १ ख ६४१६ नम्बरको तेल बोक्ने टयाङकरले साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

भलवारीस्थित नेपाल आयल निगमको डिपोबाट तेल खाली गरी निस्किदै गरेको उक्त ट्याङकरले पश्चिम तर्फबाट आउदै गरेको साइकलमा २ जनालाई ठक्कर दिँदा तिलोत्तमा ७ समावेशी टोल बस्ने १६ वर्षिया रश्मी न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ। साइकलमै सवार सोही स्थानकै वर्ष ३१ की भोजकुमारी केसी गम्भीर घाइते भएकी छन्।

केसीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काडमाडौ रिफर गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्ग बहादुर खत्रीले जानकारी दिए।  
ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित: १० पुस २०७६ १४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App