१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कार आरोपी ५ महिनापछि पक्राउ

उदयपुर- उदयपुरका एक युवक बलात्कार आरोपमा फरार अभियुक्त ५ महिनापछि पक्राउ परेका छन्। बलात्कार आरोपमा विगत ५ महिनादेखि फरार रहेका त्रियुयगा नगरपालिका ९ गहिरुनका २१ वर्षीय उमेश सदालाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

गत साउन ८ गते स्थानीय एक युवतीलाई बलात्कार गरी फरार सदा प्रहरीको खोजी सूचीमा थिए। विशेष सुराकीको आधारमा उनलाई जिल्लाबाट खटेको सहायक प्रहरी निरीक्षकको कमाण्डको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो।

सदालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान थालिएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनीमाथि जवरजस्ती करणी ऐन अनुसार कारवाही हुने एसपी मगरले बताएका छन्।

 

प्रकाशित: १० पुस २०७६ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App