coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिन्धुलीमा जुनारले लियाे बजार, ६० प्रतिशत बिक्री

सिन्धुलीका फलफूल बजारमा बिक्रीका लागि राखिएको जुनार। तस्बिरःअनिल/नागरिक

सिन्धुली- जुनार खानका लागि योग्य हुने समयमै कुल उत्पादनको आधाबढी जुनार बिक्री भइसकेको किसानले जनाएका छन्। मंसिरको दोस्रो हप्तादेखि जुनार उपभोग गर्न उचित समय मानिएपनि हालसम्म जिल्लामा पचास प्रतिशत भन्दा बढी जुनार बिक्री भईसकेको छ।

जिल्लामा केहि वर्षदेखि सिजन अगावै किसानले जुनार बिक्रीका लागि बजारमा ल्याउन थालेपछि जुनार चाडैँ सकिन थालेको हो। गत बर्षको तुलनामा सिजन अगावै किसानले जुनारको राम्रो मूल्य हात पारेपछि काचोमै बिक्री गर्न सुरु गरेकाले हालसम्म झन्डै ६५ प्रतिशत बिक्री भइसकेको किसान बताउँछन्। जुनारको राजधानीका रुपमा चिनिने यस जिल्लामा मध्ये सिजनमै जुनारबाट किसाले राम्रो आम्दानी लिइसकेका थिए।

जुनारको दाना लाग्ने समयमा असिना परेपछि गत वर्षको भन्दा यस वर्ष उत्पादनमा गिरावट आएको छ। माग बढ्दै गएपनि जुनारको उत्पादन भने घट्दै गएको जुनार किसान बताउँछन्। उत्पादनमा गिरावट आएपनि किसानले उत्पादन गरेको जुनारको मूल्य भने बढ्दै गएको छ। बिपी राजमार्ग निर्माण भएपछि पूर्वी तराईसहित काठमाडौंलगायतका स्थानमा जुनार कोसेलीको रुपमा लाने क्रम बढेपछि सिजन अगावै आधाबढी जुनार बिक्री भइसकेको यहाँको गोलञ्जोर गाँउपालिकास्थित खनियाखर्कमा जुनार बिक्री गर्दै आएका एक व्यापारी बताउँछन्।

सडकको पहुँच जुनार बगैचासम्मै पुगेकाले बजारको अभाव नभएपनि किसानले सोझै बोटबाटै महंगो मूल्यमा बिक्री गर्न थालेका छन्। जुनार कृषकले यस वर्ष बोटबाटै राम्रो मूल्य पाएको जुनार विकास संघका कृष्णप्रसाद कोइरालाले बताए। बजारमा जुनार एक सय देखि एक सय पचास रूपैयाँसम्म प्रतिकेजीमा बिक्री हुँदै आएको छ। यस बर्षको जुनार अब करिब ४० प्रतिशत मात्रै बाकी छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोनका प्रमुख देबराज अधिकारीले भने, ६० प्रतिशत बढी बिक्री भइसकेको छ।

माघ महिनासम्म हुनुपर्ने जुनार यस वर्ष पुसमै सकिने देखिएको छ। सिजन अघिबाट जुनारको बिक्री राम्रो भएकाले यस बर्ष जुनार चाडै सकिन्छ। ‘जिल्लाको विभिन्न गाउँमा गरि झन्डै ८ हजार कृषकहरुले व्यवसायीक जुनार खेतीतर्फ लागेका छन् भने ३५ कृषक जुनार खेतीमै पूर्ण रोजगारी भएका छन्।

हाल व्यावसायीक जुनार खेती गर्न थालेपछि घर खर्च चलाउन र छोराछोरीको पठनपाठनमासमेत सहयोग पुगेको कृषकहरुको भनाइ छ। यहाँको  महाभारत क्षेत्र अन्तर्गत सामुन्द्रिक सतहबाट ८ सय मिटरमाथि र १५ सय मिटर मुनीको जमिनमा जुनार खेती गर्न उपयुक्त स्थान मानिन्छ।

 

                                

 

प्रकाशित: १० पुस २०७६ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App