coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सागमा पदक, राष्ट्रिय गौरव

नेपालले १३ औँ साउथ एसिएन गेम (साग) सम्पन्न गरेको छ । आयोजक राष्ट्रको नाताले साग सम्पन्न गरेबापत यसको जिम्मेवार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले के कति श्रेय पाउनु पर्ने  हो, त्यो आफ्नो ठाउँमा छ ।  सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने नेपाली खेलाडीले घरेलु मैदानमा जुन उत्साहका साथ खेल खेले र स्वर्ण पदकको बहार ल्याए, त्यसले गहन महत्व राख्छ । खेलाडीको शरीर खेलिरहको हुन्छ, आफू खैल्दछन् तर उनीहरु राष्ट्रका लागि खेलिरहेका हुन्छन् । खेलाडीहरू कराते, बक्सिङलगायत एथलेटिक्सका म्याराथुन, पौडीमा हासिल गरेको स्वर्ण नेपालको खेल इतिहासमा सुनौला अक्षरले कुँदिने छन् । ५१ स्वर्ण, ६० राजत र ९५ रजत पदकसहित नेपाल २०६ पदक हासिल गरेर नेपाल दक्षिण एसियाली सात देशहरूको पंक्तिमा दोस्रो स्थानमा रह्यो ।

मुलुकका नाममा पुरस्कार ल्याउने खेलाडीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । मुलुकको कार्यकारीको हैसियतमा स्वर्ण ल्याउने प्रत्येक खेलाडीलाई नौ लाखको दरले पुरस्कार दिने घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषदले पनि नगद पुरस्कार सहितले सम्मान गर्दैछ भने खेलाडी, प्रशिक्षकहरूको नागरिक सम्मानका कार्यक्रम आयोजना गरिँदैछन् । खेल क्षेत्रमा नेपालले फड्को मारेको भनिदैछ र ऐतिहासिक जीतको रुपमा लिइएको छ । निश्चय पनि नेपालले १३ सागमा पाएको प्रतिष्ठा प्रशंसायोग्य छ । तर, सँगसँगै अहिलेको यो भावनालाई कायम राख्न केके रणनीति छन् ? त्यसको परख आउँदा दिनमा हुने नै छ । हामी मात्र होइन, सबैजसो देश आफ्नो तयारी गरिरहेकै हुन्छन् । त्यसैले नेपालले घरेलु मैदानमा प्राप्त गरेको यो सफलता १४ सागमा पनि प्रदर्शित हुन सक्नुपर्छ । अहिलेको तुलनामा आउँदो सागमा राम्रो परिणाम ल्याउन सकेको अवस्थामा मात्र नेपालले फड्को मारेको अर्थ लगाउन सकिन्छ । घरेलु मैदानमा नेपालले इतिहास रच्छ भन्ने कुरा यस अघिका साग आयोजनाले संकेत गर्दछन्  । सन् १९९९ अर्थात् २१ वर्षअघि काठमाडौँमा सम्पन्न सागमा नेपालले ३१ स्वर्ण हासिल गरेको थियो । १३ सागमा ४ वटा स्वर्ण ल्याउने किशोरी गौरिकाको योगदान अविष्मरणीय रहनेछ ।

खेलाडीहरू राष्ट्रका नीम्ति खेल्ने भएकोले उनीहरूको जीवन यापन जस्ता कुरालाई भरथेग गर्ने काम सबै पक्षबाट हुन आवश्यक हुन्छ । सरकारी जिम्मेवारी आफ्नो ठाउँमा, त्यो भन्दा गहकिलो भूमिका निजी क्षेत्रका बैंक, वित्तिय संस्था र कर्पोरेट हाउँसहरूले खेल्न सक्छन । उनीहरू उदारतापूर्वक सहभागि भएको अवस्थामा नेपाल दक्षिण एशियाली खेलबाट  माथी उक्लदै एशियाली र ओलम्पिक खेलमा समेत जम्मसक्ने अवस्था टाढा छैन ।  तर, यसका लागि राष्ट्रिय समर्पण, लगाव चाहिन्छ ।
खेलमा जीत हासिल गरेको खुसियालीबीच आयोजक नेपालको व्यवस्थापकिय कमजोरीकमो समीक्षा आवश्यक छ ।  खेलका क्रममा प्रहरीले प्रर्दशन गरेको दादागिरी कुनै पनि अर्थमा क्षम्य छैनन् । खेलप्रेमी विशेषगरी युवाहरू माथी किन प्रहरीले बुट बजार्यो ?  समाचार संकलनमा सक्रिय पत्रकार माथी किन प्रहरी आक्रामक बन्यो ? यी संगिन प्रश्नको उत्तर खोज्न आवश्यक छ ।  यस्ता कमजोरीलाई ढाक छोप गर्न हुँदैन । जिम्मेवारी अनुसारको कारवाही हुनसक्यो भनेमात्र पनि राखेपले सुधारीनै मौका पाउँछ । खेलाडीले जीउँ ज्यान दिएर राष्ट्रका लागि खेल्ने तर त्यसको श्रेय राखेपले लिने न्यायोचित हुँदैन । साग आयोजना गर्ने नाममा रातारात पूर्वाधार निर्माण गर्नुको उदेश्य के थियो ? जहाजबाट निर्माण सामाग्री ल्याउँनुपर्ने अवस्थामा पछाडी परिस्थितिजन्य वाध्यता थिए वा धमिलो पानीमा माछा मार्न पाइन्छ भन्ने मनोविज्ञान त्यसको पनि लेखाजोखा हुनैनै छ ।

परिवारको यस अंकमा हामीले नेपाललाई सागमा पदक दिलाउँन महत्वपुर्ण भूमिका खेल्ने जोडीलाई पेश गरेका छौ । सागमा ४ स्वर्ण पदक ल्याएर इतिहास रचेका दीपक विस्ट र १३ सागमा २ वटा स्वर्ण पाउँने आयुशाको खेल र पारिवारिक जीवन पाठक सामु राखेका छौ । सागमा योगदान गर्ने केही महत्वपुर्ण खेलाडीबारे चर्चा गरेका छौ । रचनात्मक लेख, रचना, समाचार साथै स्वास्थ, साहित्य, यात्रा, सौन्दर्यका सामाग्रीका साथसाथै परिवारका नियमित कालमा समावेश छन् । परिवारको यो अंक पाठकलाई रुचिपुर्ण हुने विश्वास हामीले लिएका छौं ।

 

प्रकाशित: १० पुस २०७६ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App