coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सूर्यग्रहण हेर्न सूर्यकुण्डमा भीड (फोटो फिचर)

पाल्पाको तानसेनबाट देखिएको खण्डग्रास सुर्यग्रहण र भक्तजनहरु। तस्बिीरः मुक्ति/नागरिक

पाल्पा– पाल्पाको तानसेन प्रभासमा रहेको सूर्यकुण्डमा मानिसहरुले स्नानगरी सूर्यग्रहणको दर्शन गरेका छन्।

बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भएको सूर्यग्रहण बिहान ११ बजेर ३३ मिनेटमा सकिएको थियो। ग्रहणलाई धार्मीक परम्परा अनुसार स्वागत गर्ने र मोक्ष गर्ने कार्य गरिएको छ। झण्डै तीन घन्टा लागेको ग्रहण हेर्न मानिसहरु नदी, खोला, पोखरी तथा कुण्डका वरिपरि भेला भएका थिए। 

तानसेन नगरपालिका–७, प्रभासमा भजनकीर्तन सहित ग्रहणका समयमा पुजापाठ र नाचगान गरिएको छ। सुर्यकुण्ड व्यवस्थापन समितिका अध्यक्ष प्रदीप खनालले धार्मीक परम्परा अनुसार ग्रहणको पुरै समय भजन किर्तन गरिएको बताए।

विश्वहिन्दु महासंघ केन्द्रीय समितिका सल्लाहकार विश्वराज पौड्यालले खण्डग्रास सुर्यग्रहण प्राचिन प्रभास क्षेत्रबाट अवलोकन गरेको बताए। ‘सुर्यकुण्डमा धार्मीक महत्वपूर्ण छ’ उनले भने,‘प्रभानाम गरेको देवीले सुर्य भगवानको आराधनागरि अर्घ दिएको हुँदा सुर्यकुण्डमा जप, तप र भजनकीर्तन गरेका हौं।’

 

प्रकाशित: १० पुस २०७६ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App