coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भूकम्पपछिको पुनर्निर्माणले पारेको प्रभावको अध्ययन जरुरी

काठमाडौं - भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गम्भीर अध्ययन तथा अनुसन्धान हुनुपर्ने एक कार्यक्रमका सरोकारवालाले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माणको नेपाली अर्थतन्त्रमा प्रभाव विषयक प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी अर्थशास्त्रीले भूकम्पपछि पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गहन अध्ययन तथा अनुसन्धान गर्न आवश्यक भएको औल्याएका हुन्।

राष्ट्रिय योजना आयोगका सदस्य गोविन्द नेपालले भूकम्पछि पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गहन अध्ययन तथा अनुसन्धान गर्न आवश्यक भएको बताए। ‘भूकम्पपछि पुनर्निर्माणले कुल ग्राहस्थ उत्पादन (जिडिपी) ले के कस्तो प्रभाव पा¥यो भन्ने विषयमा गहन अध्ययन तथा अनुसन्धान गर्न जरुरी भइसक्यो,’ उनले भने, ‘यो निकै गम्भीर विषय हो। त्यसैले राम्रोसँग अध्ययन गर्न आवश्यक देखिन्छ।’ पूर्वसदस्य नेपालले अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्न योग्य खालको अध्ययन अनुसन्धान गर्न आवश्यक भएको बताए। ‘भूकम्पछिको पुनर्निर्माणले अर्थतन्त्रमा पार्ने असरको अध्ययन निकै गहन विषय हो,’ उनले भने, ‘अर्थतन्त्रका विविध पाटाहरुलाई सम्बोधन गरेर अनुसन्धान गर्न आवश्यक देखिन्छ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले भूकम्पपछि पुनर्निर्माणले पारेको प्रभावको अध्ययन गर्दा अर्थतन्त्रका विविध पाटालाई केलाएर अध्ययन गर्नुपर्ने बताए। ‘पुनर्निर्माणको विषयमा एउटा पक्षलाई मात्रै हेरेर अध्ययन गर्नु हुँदैन,’ उनले भने, ‘अर्थतन्त्रका विविध पाटालाई केलाएर अध्ययन गरेको खण्डको प्रभावकारी परिणाम आउनेछ।’

अर्थशास्त्री निर्मलकुमार रावतले भूकम्पपछिको पुनर्निर्माणले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावको विषय निकै बृहत भएकाले अझै अध्ययन अनुसन्धान गर्न आवश्यक भएको बताए। ‘यो निकै गम्भीर तथा गहन विषय हो। त्यसैले अझै थप अध्ययन तथा अनुसन्धान गर्न जरुरी देखिन्छ,’ उनले भने, ‘प्राधिकरणले अझै गहन ढंगले अध्ययन अनुसन्धान गर्नका लागि अनुरोध गर्दछ।’ सेजनका अध्यक्ष भीम गौतमको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो।

प्रकाशित: १० पुस २०७६ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App