coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाधिवेशनबारे अन्यौल नराखौं, अबको बैठकमा मिति तोक्नुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले अहिले देशको प्रमुख आवश्यकता रोजगारी भएको बताएका छन्। उनले नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाईनमा पत्रकार श्रीराम पौडेलसँग कुराकानी गर्दै रेमिट्यान्सले देश बदल्न नसकिने बताएका हुन्।

फ्रन्टलाइनमा एक पाठकले सोधेको प्रश्नको जवाफ दिदैँ उनले आफू प्रधानमन्त्री भएको भए रोजगारीलाई पहिलो प्राथमिकता दिने बताएका हुन्।

'अहिले म प्रधानमन्त्री थिए भने युवालाई रोजगारीको व्यवस्था गर्थे। अहिलेको स्कूलबाट आएका विद्यार्थीहरुलाई रोजगारी दिने अवस्था छैन। नेपालभित्रै रोजगारीको सृजना गर्नु पर्छ। अहिले प्रधानमन्त्रीले त्यो विषय सोच्नु भएको छैन,’ उनले भने।

पार्टीको महाधिवेशको सन्दर्भमा उनले गतिशिल पार्टीमा झगडा हुने बताए। ‘सभापति देउवा नेतृत्वको कार्यकाल आगामी फागुनमा सकिदैं छ। त्यसका लागि १४ औं महाधिवेशनको मिति अहिलेसम्म पनि तोकिएको छैन। केन्द्रीय समितिको समय सकिएपछि के हुन्छ भन्ने अन्योलका कारण अहिलेको अवरोध आएको हो’ नेता थापाले भने, ‘एउटा गतिशिल पार्टीमा झगडा हुन्छ, यो स्वभाविक कुरा हो।’

‘अघिल्लो महाधिवेशनमा मैले महामन्त्री लड्ने सहास नगरेको भए मेरा सिनियर नेताहरुले ठूलो पदका लागि दावासमेत गर्न नसक्ने अवस्था थियो। ६–७ जना नेता पार्टीको सभापति दाबी गर्ने हैसियतका हुनुहुन्छ। हामीले सबैसँग छलफल गरिरहेका छौं।’

प्रतिपक्षको डिउटी सरकारले गरेका खराब काम रोक्ने हो। अहिले संघीय संसदमा दर्ता भएको सूचना प्रविधि विधेयक पारित भयो भने स्वतन्त्रता सकिन्छ। हामीसँग संसदमा शक्ति नभएका कारण जनतालाई सचेत बनाएर सडक तताउने काम गर्ने छौं,’ उनले भने।

एमसिसीको विषय छिट्टै टुंग्याउन उनले सुझाव दिए। ‘एमसिसीको विषय छ, सरकारले यो विषय छिटो टुंग्याओस्। यो नेपालको प्रतिष्ठाको विषय हो। यो विषयलाई म धेरै उछाल्न चाहन्न।’ उनले एमसिसी नेकपाभित्रको बहसको विषय बन्नु दुःखदायी भएको धारणा राखे।

नेतृत्व विकासमा सबैभन्दा ठूलो चिन्ता छ। भएका युवा विदेशिएका छन्। यस्तो अवस्थामा ‘ल्याटरल इन्ट्री’ नहुँदा समस्या भएको हो। अहिले पार्टी नेतृत्वमा आउने ढोका नै बन्द भएको छ। त्यो पनि समस्याको विषय हो’ उनले भने।

प्रतिपक्षले खरोरुपमा उत्रिन सकेको छैन। म त्यो विषय स्विकार गर्छु। हामी देखिनु पर्ने ठाउँमा देखिएका छैनौं। हामीले आफूलाई बदल्नु पर्दछ’ उनले आफ्ना कमि कमजोरी स्विकार गर्दै भने।

 

प्रकाशित: ९ पुस २०७६ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App