१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सूर्यग्रहणमा स्थानीय तहकाे बिदा घोषणा

स्थानीय सरकारद्वारा निकालिएको बिदाको विज्ञप्ती ।

भैरहवा- बिहीबार हुने खण्डग्रास सूर्यग्रहणमा रुपन्देहीका स्थानीय तहले बिदा दिने घोषणा गरेकोे छ। ग्रहणको समयमा स्वास्थ्यलाई नकारात्मक असर पार्ने किरणहरु निस्किने हुँदा बिहीबार बिदा घोषणा गरिएको हो।

रुपन्देहीको रोहिणी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र मायादेवी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् भने बुटवल उपमहानगरपालिकाले विद्यालयलाई मात्र स्थानीय बिदाबाट कट्टि हुने गरि बिदा दिने निर्णय गरेको छ।

सुर्यग्रहणको समयमा कतिपय दैनिक क्रियाकलाप निषेध गरिएको र यसले स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने हुँदा बिदा दिने निर्णय गरेको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले बताए।

पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ।

अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ। विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिणको बीचमा मोक्ष हुनेछ।

 

प्रकाशित: ९ पुस २०७६ १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App