८ वैशाख २०८१ शनिबार
समाज

हङकङ जाने सुकुटीमा चरेश

काठमाडौं- प्रहरीले मासुको सुकुटीमा लुकाएर हङकङ लैजाने तयारीमा रहेको चरेश सहित दुई जनालाई समातेको छ। लागूऔषध नियन्त्रण ब्युरोले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी चरेससहित दुईजनालाई समातेको हो। ब्युरोका अनुसार काठमाडौंबाट क्याथे ड्र्यागनको उडान नम्बर केए ०१०३ बाट हङकङ जान लागेका पर्वतका अबिर शेर्पाजा मगर र कास्कीका नरमान गुरुङ पक्राउ परेका हुन्।

ब्युरोका अनुसार मगरको हरियो रङको सुटकेसबाट मासुका सुकुटीसँगै मिसाई लुकाई प्लास्टिकले कोटेड गरी राखेका चरेसका ३ सय ८ क्याप्सुल बरामद भएको हो। ब्युरोले दुवैलाई लागूऔषध ऐनअन्तर्गत कारबाही अघि बढाएको छ।

प्रकाशित: ४ पुस २०७३ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App