coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा आगलागी, एक घर जलेर खरानी

खोटाङ- खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे बागेढुंगाका गर्वबहादुर थापाको ढुंगा माटो र फुसको छानो भएको एक तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

मंगलबार दिउँसो २ बजे खाना पकाउने चुलोबाट एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। आगलागीबाट अन्नपात, भाडावर्तन, लत्ता कपडा, एक तोला सुन, सात तोला चाँदी, नगद ५० हजार रुपैयाँ जलेर नष्ट भएको छ।

आगलागीबाट ६ लाख ३१ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगो स्थानीय र प्रहरीले साँझ ५ बजे नियन्त्रणमा लिएको थियो।

प्रकाशित: ९ पुस २०७६ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App