८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल चोरी गर्दागर्दै एक पक्राउ

काठमाडौं- नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका–११ सिप्रदी कार्यालय नजिकै सडकखण्डमा मोटरसाइकल चोरी गर्दागर्दै मकवानपुर थाहा नगरपालिका–११ का सुवास श्रेष्ठलाई आज पक्राउ गरेको हो।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक खेमराज रावतले बा१०प ३१६८ नम्बरको स्पेण्डर मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएको प्रभागले जनाएको छ। रासस

 

प्रकाशित: ९ पुस २०७६ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App