८ वैशाख २०८१ शनिबार
समाज

सीताले थाल्यो काठमाडौ-ताप्लेजुङ उडान

ताप्लेजुङ- सीता एअर प्रालिले हप्तामा दुई दिन काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान भर्न थालेको छ।

यो सहित अब सुकेटार बिमानस्थलमा नियमिततर्फ आईतबार र शुक्रबार बाहेक सातामा ५ दिन उडान हुने छन्। नेपाल एअरलाईन्सले सोमबार, बुधबार र शनिबार गरी सातामा ३ वटा नियमित उडानको तालिका बनाएको छ। यो चार्टर बाहेकको उडान हो।

सीता एअरले मंगलबार र शनिबार उडान गर्ने गरी पुस ८ गतेबाट उडान सुरु गरेको जनाएको छ। सीता एअर प्रालिको केन्द्रीय कार्यालयले काठमाडौ–ताप्लेजुङको भाडादर जनही ७ हजार ४ सय ४५ रुपैयाँ रहेको जनाएको छ।

सोहि दूरीको नेपाल एअरलाईन्सको भाडादर भने ७ हजार ३ सय रुपैयाँ रहेको नेपाल वायु सेवा निगमको ताप्लेजुङस्थित स्टेशनक कर्मचारी विकास राईले जानकारी दिए। सीताले भद्रपुर–सुकेटार–भद्रपुरको समेत उडान भर्दै आएको छ। यहाँको  भाडा दर करिब ४ हजार ६ सय रुपैयाँ रहेको छ।

 

प्रकाशित: ९ पुस २०७६ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App