४ वैशाख २०८१ मंगलबार
समाज

बडिमालिकामा फेसबुक प्रतिबन्ध

बाजुरा- पछिल्लो समय फेसबुक सबैजसोको रोजाईको सामाजिक सञ्जाल बनेको छ। सूचना र प्रविधिको दुनियाँमा सामाजिक सञ्जालहरु मध्ये सबैको पहुँच र सहजतामा पनि फेसबुक सजिलो छ। तर जति सूचनामा सहज छ, त्यति नै काममा बाधा पुर्‍याउने माध्यमपनि फेसबुक बनेको छ।

यसै कुरालाई मध्येनजर गर्दै कार्यालय अवधिमा फेसबुक चलाउँदा कामकाज प्रभावित हुने भएपछि बडिमालिका नगरपालिकाले प्रतिबन्ध गरेको छ। कार्यालय समयमा धेरै फेसबुक चलाउने, कामकाज कम गर्ने, सेवाग्राही प्रति उत्तरदायि नहुने समस्या देखिएकोले कार्यालय अवधिभर बन्देज गर्ने निर्णय गरेको हो।

इमेल इन्टरनेट सेवाबाट सञ्चालन हुने कामकाजमा पनि समस्या हुने र दैनिक काम नै प्रभावित हुने भएपछि फेसबुक चलाउन बन्देज गरेको नगरप्रमुख पदम बढुवालले बताएका छन्।

फेसबुक बन्देज गर्ने निर्णयसँगै प्रविधीशाखाले अनलाइनहरु र अन्य सबै साईट खोल्ने तर फेसबुक नचल्ने बनाएको सूचना अधिकारी हेमबहादुर थापाले बताएका छन्। नगरपालिकाले वल्र्ड लिड्ढ नामक प्राईभेट इन्टरनेट जडान गरेको छ। बडिमालिका नगरपालिकाका वडा र केही विद्यालयमा इन्टरनेट जडान सेवा सञ्चालनमा रहेकोले सबैतिर कामकाज प्रभावित बनेको निष्कर्ष नगरपालिकाको छ।

विद्यालय, वडामा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरु फेसबुकमा व्यस्त हुने र अन्य कामकाज प्रभावित हुने भएकोले बाध्य भएर नगरपालिकाले फेसबुक सञ्चालन गर्न बन्देज गरिएको नगर प्रमुखले बडुवालले बताएका छन्।

निर्णय कर्मचारी तथा जनप्रतिनिधी सबैका लागि गरिएकोले कसैले पनि चलाउन नपाउने बताईएको छ। निर्णय नमाने कार्य सम्पादन मूल्याकंनमा कमजोरी देखाउने तयारी नगरपालिकाको छ। काममा गतिदिन र सेवाग्राही प्रति जिम्मेवार बनाउन आवश्यक थियो, त्यो गरियो अब केही सुधार हुन्छ र अरुले पनि कार्यालय समयमा बन्देज गर्नुपर्छ नगर प्रमुख बडुवालले थपे।

कार्यालय समयमा फेसबुक बन्द गर्ने निर्णय बडिमालिका नगरपालिका जिल्लाको मात्र नभई देशकै अगाडि देखिएको छ। हातमा मोबाईल लिएर कर्मचारी आआफ्नै धुनमा बस्ने र काममा बेवास्ता गर्ने परिपाटी हाबी हुँदै गएको छ।

सिर्जनशिलता भन्दा पनि काममा बाधा पुर्‍याउने बाहेक फेसबुकले काम नगरेको विश्लेषणसमेत हुन थालिएको छ।

प्रकाशित: ९ पुस २०७६ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App