८ वैशाख २०८१ शनिबार
समाज

पाँच महिनामा बीस हजार सवारी चालक कारवाहीमा

तुलसीपुर- चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट एक करोड ५५ लाख ७५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा ३४ हजार ५ सय १० सवारी चालकको कारवाहीबाट एक करोड १३ लाख पाँच हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो।

चालू आवको साउनमा दुई हजार ४ सय सवारी चालकको कारवाहीबाट १५ लाख सात हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ। त्यस्तै भदौमा चार हजार ३ सय चालकको कारवाहीबाट २६ लाख ९३ हजार ५ सय रुपैयाँ, असोजमा चार हजार ६ सय ५० रुपैयाँ सवारी चालकको कारवाहीबाट २८ लाख ४२ हजार ५ सय रुपैयाँ, कात्तिकमा चार हजार ४ सय चालकको कारवाहीबाट २७ लाख २२ हजार र मङ्सिरमा चार हजार ५ सय ५० सवारी चालकको कारवाहीबाट २८ लाख १५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।

सो अवधिमा दुई हजार ७ सय ३५ बस चालक,  तीन हजार ६ सय ७७ ट्रक चालक,  दुई हजार ६ सय १५ जीप चालक, सात हजार ६ सय ६० मोटरसाइकल चालक, एक हजार ९ सय २७ ट्र्याक्टर चालक, एक हजार ६ सय ८६ टेम्पो चालक गरी जम्मा २० हजार ३ सय सवारीसाधन चालक कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिए।

उनले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, उछिन्ने, छतमा यात्रु राखेका, प्रयोजन विपरीत चलाएका, लेन अनुशासन मिचेकाजस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइएको बताए।

प्रकाशित: ९ पुस २०७६ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App