coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

‘शिक्षकहरू सक्रिय बन्नुपर्छ’

भक्तपुर – शिक्षा क्षेत्रमा सुधार गर्नको लागि शिक्षकहरू सक्रिय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्। भक्तपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा शिक्षक सेवा आयोगको सिफारिसमा भक्तपुर नगरपालिकामा पदस्थापना भएका नवप्रवेशी शिक्षकका लागि मंगलबार भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले शिक्षक सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षक स्थायी भएपछि ‘अल्छी’ हुन्छन् भन्ने सोचाईं रहेकोले त्यसलाई हटाएर सक्रिय रूपमा काम गर्नुपर्नेमा जोड दिएका छन्। विद्यार्थीमार्फत शिक्षकको मूल्यांकन अभिभावकले गर्ने भएकोले शिक्षकले विज्ञको रूपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो। प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले नवप्रवेशी शिक्षकले विद्यार्थीको क्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नगरपालिका–७ का वडाध्यक्ष एवं विद्यालय अनुगमन समितिका अध्यक्ष उकेश कवांले धार्मिकस्थल र पाटीबाट सुरु भएको भक्तपुरको शिक्षा अहिले उत्कृष्ट गन्तव्य भएको बताए। प्राध्यापक तथा स्थानीय पाठ्यक्रम निर्माण समितिका सदस्य सिद्धिरत्न शाक्यले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने कार्यमा नवप्रवेशी शिक्षकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ९ पुस २०७६ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App