coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली नोटको कारोबारी पक्राउ

भक्तपुर- प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा चार बंगलादेशी नगारिकलाई पक्राउ गरेको छ। दुई छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बंगलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्दै आएका वर्ष २६ को सुमन खान एक ठाउँंबाट र बंगलादेश नेत्रकुना घर भई हाल भक्तपुर लोकन्थली बस्ने वर्ष ४१ को अलि अहमद, बंगलादेश नेत्रकुना घर भई हाल सोही स्थान बस्ने वर्ष २१ को रोबेल मिक्दा र बंगलादेश नेत्रकुना घर भई हाल सोही स्थान बस्ने वर्ष २१ को महमद उल्लाहालाई छुट्टै स्थानबाट पक्राउ गरेको जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएअनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ मा रहेको परिधि गिफ्ट सपबाट बंगलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्दै आएका वर्ष २६ को सुमन खानले सामान खरिद गरी नक्कली नोट दुई हजार रुपैयाँ दिई फरार भएको भन्ने सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली खटी गई बुझ्दा निज सुमन खान फरार भएका थिए।

स्थानीयहरुलाई सोधपुछ गर्दा लोकन्थलीस्थित लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको र निजको कोठामा खानतलासी गर्दा एक हजार रुपैयाँको नक्कली नोट जस्तो देखिने १६ थान गरी १८ थान नेपाली नोट बरामद गरिएको थियो र पछि निजसँगै कोठामा बस्ने निम्न तीन जनालाई पनि नियन्त्रणमा लिएको थियो।

उनीहरुलाई भक्तपुर जिल्ला अदालतमा पेश गरी मुद्रा सम्बन्धि कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेकोमा नक्कली नोट दिई फरार भएका अभियुक्त सुमन खानलाई विशेष सूचनाको आधारमा काठमाडौ पेप्सीकोला टाउनप्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सूचना अधिकृत कुमार विक्रम थापाले जनाए।
 

प्रकाशित: ८ पुस २०७६ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App