coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पशु बिमा गर्नेलाई प्रिमियमको ५० प्रतिशत अनुदान

शुक्लागण्डकीको एक फार्ममा पालिएका भैँसीहरु। तस्बिर: विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)- शुक्लागण्डकी खुर्सानीबारी-७ स्थित रामकली भण्डारीले सञ्चालान गरेको भैँसी फार्ममा गत असारमा आगलागी हुँदा ६ वटा भैँसी र तीन वटा खरायो मरे भने केही घाइते भए। प्रहरीले आगलागीबाट २० लाख रुपैयाँ बराबरको क्षति भएको मुचुल्का उठायो। नगरपालिकाले ५० हजार रुपैयाँ राहत दियो। उनले पालेको पशु चौपायको बिमा नगरिएकाले ठूलो क्षति व्यहोर्नु परेको हो।

रामकली मात्रै होईन यहाँका अधिकतर किसान पशु बिमाबारे अनविज्ञ छन्। आफूले पालेको गाई, भैसीँ, बाख्रालगायत चौपायको बिमा गरेपछि जोखिम कम हुन्छ भन्नेबारे सचेत नहुँदा वर्षेनी किसानले लाखौँ रुपैयाँको नोक्सान व्यर्होनु परेको छ।

किसानलाई पशु बिमाप्रति आकर्षित गराउन शुक्लागण्डकी नगरपालिकाले यो वर्षदेखि अनुदान उपलब्ध गराउने भएको छ। व्यवसायिक पशुपालन गर्ने किसानको संख्या बढ्दै गएपछि लगानीको जोखिम घटाउन पशु बिमा गर्दा तिर्नुपर्ने प्रिमियमको ५० प्रतिशत रकम अनुदान दिने व्यवस्था गरिएकोे पशु शाखा प्रमुख हुमराज तिमल्सीनाले बताए। ‘पशु बिमामा ७५ प्रतिशत प्रिमियम सरकारले व्यहोर्दै आएको छ’, उनले भने, ‘किसानले तिनुपर्ने २५ प्रतिशत प्रिमियमको पनि आधा रकम नगरले उपलब्ध गराउँछ।’

यो कार्यक्रम चालु वर्षदेखि सुरु गरिएको हो। किसानले पशु बिमा गर्ने कम्पनीलाई रकम तिरेको रसीद बिल पेश भएपछि नगरपालिकाले रकम भुक्तानी गर्ने उनको भनाइ छ। पछिल्ला वर्षहरुमा विदेशीएका युवाहरु फर्किएर पशुपालनमा लागेका छन्। नगरभित्र पशुपालनमा करोडौँ लगानी भएको पाइन्छ।

‘अधिकांश किसान पशु बिमाबारे जानकार छैनन्। कतिपयले बिमा मंहगो भएको गुनासो गर्छन्’, नगरपालिकाका पशु शाखा प्रमुख तिमल्सीना भन्छन्’, ‘पशुपालक किसानलाई व्यवसायीकरणमा सघाउन बिमामा अनुदानको व्यवस्था गरेका हौँ।’

बिमा गरेका पशुचौपाया रोग र दुर्घटनामा परेर मरेको खण्डमा बिमा कम्पनीले किसानलाई दाबी भुक्तानी गर्दछन्। तसर्थ पशुपालनमा किसानले गरेको लगानी सुरक्षित रहन्छ। बिमा कार्यक्रमले लगानी सुरक्षित हुने भएकाले पेशाबाट पलायन हुनुपर्ने अवस्था नआउने घारीका किसान भिष्मलाल पौडेल बताउँछन्। उनी भन्छन्, ‘बिमा गरेपछी लगानी सुरक्षित हुँदा निर्धक्क भएर पशुपालनमा लाग्न सकिन्छ।’ उत्पादनको ग्यारेण्टेड बजार स्थापित गर्न स्थानीय सरकारले सघाउनु पर्ने पौडेलको भनाइ छ।

यस वर्षबाट नगरपालिकाले पशुपंक्षीको तथ्याङक संकलन सुरु गरेको छ।  पहिलो चरणमा व्यवसायिक फार्महरुको तथ्याङ लिइएको छ। दुधमा आत्मानिर्भर र आयात प्रतिस्थापन, गाईभैँसीको गोठ सुधार, पशु खोप, घाँसको बिउ विरतण, गाईभैँसी, बाख्रा, खरायो तथा कुखुरा पालन तालिम, बाख्राको खोर निर्माणलगायत कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ।

 

प्रकाशित: ८ पुस २०७६ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App