७ वैशाख २०८१ शुक्रबार
समाज

हिमपहिरोका कारण उपल्लो मुस्ताङमा बाढी

पोखरा- अचानक आएको हिमपहिरोले उपल्लो मुस्ताङको घमीमा ब्यापक क्षति पुर्‍याएको छ। घमीगाउँ भन्दा माथिबाट आएको बाढीले भीषण रुप लिँदा डाकमर गाउँमा क्षति भएको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारीध भीमराज पोखरेलका अनुसार बाढीले डाकमर खोलाका ८ वटा काठेपुल बगाएको छ। घमी–८–९ वडालाई जोड्ने डाकमर खोलामा बाढी आएको उनले बताए। ‘गाउँ हुँदै डाकमर खोला बगेको थियो । माथिबाट अचानक आएको हिमपहिरोले बाढीको रुप लिएको हो,’ पोखरेलले भने, ‘मानवीय नभएपनि भौतिक रुपमा क्षति पुगेको छ।’

उनका अनुसार डाकमर खोलाका पुल बगाउँदा गाउँलेलाई आउजाउ गर्न समस्या परेको छ। डाकमर गाउँमा खानेपानी ल्याएको पाइप पनि बाढीले बगाएको छ। केही घरमा बाढीले बगाएर ल्याएको हिलो पसेको उनले बताए। ‘बिहान ९ बजे एक्कासि माथिबाट बाढी आएको रहेछ,’ गाउँलेहरु उठिसकेकोले मानवीय क्षति हुन पाएन।’

 

प्रकाशित: ३ पुस २०७३ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App