coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डाक्टर काममा नफर्किदा स्वस्थ्य सेवा प्रभावित

भैरहवा– रुपन्देहीको भिम अस्पतालमा दरबन्दीमा रहेका डाक्टर महिनौं देखि उनुपस्थित भएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ। 

जिल्ला अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. ज्वाला थापा महिनौदेखि कार्यलयमा जानकारी नै नगराई विदामा रहेकी छिन्।
स्त्रीरोग बिशेषज्ञको रुपमा दरबन्दी भएका डा. ज्वाला हाजिर नभएपछि उपचार सेवा समेत अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ।

दरबन्दी कायम रहेकाले सो पदमा करारमा पनि चिकित्सक राख्न नमिल्ने हुँदा अस्पतालले सेवा सञ्चालन गर्न सकेको छैन। 
मेडिकल सुपरिडेन्टेनको रुपमा डा. नवीन दर्नाललाई प्रशासनले ल्याएपनि स्त्रीरोगका सम्बन्धि आउने र दरबन्दी भए पनि स्त्री रोग विशेषज्ञको सेवा नभएको कारण अस्पताल समस्यामा परको हो। 

दरबन्दी अनुसारका चिकित्सक भने नौं महिना हुँदा पनि ४४ दिन मात्र हाजिर गरिएको देखिएको छ। २०७४ साल कार्तिकमा डा. ज्वाला थापा स्त्रीरोग बिशेषज्ञ र उनका पति डा. विप्लव सापकोटा मेडिकल सुपरिडेन्टेनको रुपमा अस्पतालमा आएका थिए। 
स्त्री रोग सम्बन्धी सेवा अहिले अस्पतालमा कार्यरत अन्य मेडिकल अधिकृतहरुबाट गराउनु परेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट नवीन दर्नालले बताए। 

यस डा. ज्वाला थापाले आफु समायोजनमा परेर प्रदेश नम्बर ३ मा आएको बताएकी छिन्। भदौदेखि नै अस्पतालमा हाजिर नभएको भन्ने प्रश्नमा उनले बिदा लिएको दावी गरेपनि अस्पताल प्रशासनले यस्तो कुनै बिदा नलिएको जानकारी दिएको छ।

प्रकाशित: ८ पुस २०७६ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App