८ वैशाख २०८१ शनिबार
समाज

एनटिएनसिका प्रमुखको रवैयाले समुदाय आक्रोषित

एनटिएनसिको कार्यालयमा लगाइएको ताला।

बर्दिया–राष्ट्रिय प्राकृतिक संरक्षण कोष(एनटिएनसि)का प्रमुख अम्बिका खतिवडाको रवैयाको कारण संरक्षण कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने समुदाय आक्रोषित भएका छन्। आक्रोषित समुदायले कार्यालयमा आठदिनदेखि गरेको तालाबन्दीका कारण ‘संरक्षण कार्यक्रम’ पूर्ण रुपमा प्रभावित बनेको छ। निकुन्जको मध्यवर्ती क्षेत्रमा संचालित ‘बर्दिया संरक्षण कार्यक्रम’ अन्र्तगतका कार्यक्रममा प्रमुख खतिवडाले मनोमानी गरेको भन्दै लाभान्वित समुदाय आक्रोषित भएको हो।

एनटिएनसिको ‘बर्दिया संरक्षण कार्यक्रम’ ले निकुन्जका वन्यजन्तु प्रभावित क्षेत्रका लक्षित वर्गलाई आय आर्जन, सचेतना, वन्यजन्तुबाट हुने नोक्सानी न्युनिकरण र नियन्त्रणका हार्डवेयर र सफ्टवेयरका कार्यक्रम संचालन गर्नेगर्छ। जसले निकुन्ज बाहिर निस्कने प्रभावित क्षेत्रमा सर्वसाधरण कार्यक्रमबाट राहत महशुस गर्ने प्रकृतिका कार्यक्रमवाट सर्वसाधरण लाभान्वित हुने गर्छन्।

कार्यालय प्रमुख खतिवडाले लक्षित समूहको कार्यक्रममा सूचनाको बारेमा बेवास्ता गरेपछि लाभान्वित समुदायकोे विवाद चुलिएको हो। कार्यक्रमको जानकारी लिन गएका बेला प्रमुख कार्यालय छाडेर अन्यत्र गएर सरोकारवाला समुदायको मागका बारेमा बेवास्ता गरेपछि तालबन्दी गर्नु परेको चोरी शिकारी नियन्त्रण युवा परिचालन अध्यक्ष तथा स्थानीय हेमन्त आचार्यले बताए।

‘हामीले पटक पटक कार्यक्रमका बारेमा जान्न खोज्यौ, हामीले एक साता भित्रमा जानकारी गर्न माग गरियो,’ उनले भने, ‘तर,हामी समुदायका लक्षित वर्गलाई सूचनाबाट बन्चित गरियो।’ कार्यक्रमका बारेमा पटक पटक माग गरेका लक्षित समुदायले कार्यालयमा सूचना माग्दा उपलब्ध नगराइएकोे उनको भनाइ  छ। समुदायले जानकारी लिन खोजेका ७ वटा माघ मध्य पाँच वटा आर्थिक पारदर्शी माग छ। मध्यवर्ती क्षेत्रमा अघिल्लो तीन महिनामा ४ जना हात्ति आक्रमण ज्यान गइसकेको छ भने १ सय ३० घरमा क्षति पुगाएको छ। उक्त क्षेत्रमा बिद्युतीय तारवार लगायतका माग सम्बोधन गर्न नसक्दापनि समुदाय आक्रोशित छन्।

कार्यालय तालाबन्दीको दिनदेखि नै कार्यालय प्रमुख खतिवडा सरोकारवालासँग सम्र्पकविहीन छन्। असन्तुष्ट पक्षसँग छलफल र समन्वय नगर्दा तालाबन्दी आठौं  दिनसम्म खुल्न नसकेको हो। यसअघि एक साताभित्र निकुन्ज मध्यवर्ती क्षेत्रमा काम गरेका संरक्षण कार्यक्रमका प्रमुखलाई सार्वजनिक गर्न लिखित रुपमा मागेको सूचना बेवास्ता गरेको  समुदायको भनाइ छ। बाघ गणनाको प्राबिधिक टोली खटिने हुनाले उक्त कार्यालयमा गरिएको तालाबन्दीपछि बाघ गणनासमेत प्रभावित भएको छ।

निकुन्ज भित्र ४ ब्लकमा क्यामरा राखेर बाघ गणना शुरु भएको छ। पहिलो ब्लकको गणना सकिए पनि दोस्रो ब्लकमा वाघ गणना जारी छ। क्यामरामा कैद गरेर गरिने बाघ गणनामा प्राबिधिक काम त्यस कार्यालयवाट दक्ष जनशक्ति खटिने गरेको छ।  कार्यालयमा तालाबन्दी दैनिक रुपमा हुने काम प्रभावित हुदा समस्या भइरहेको एक प्राबिधिकले बताए। ‘तीन ठाउँमा ताला लागेको छ’, उनले भने, ‘कार्यकक्षमा तालबन्दी काम प्रभावित नहुने कुरै भएन?।’

असन्तुष्ट पक्षले यहाँ संचालित कार्यक्रम प्रमुखले अन्यत्र लैजाने र यहाँ कार्यालयका डाटाहरुको भरमा अन्य जिल्लामा कार्यक्रम संचालन गर्ने गरेको खतिवडालाई अर्को आरोप छ। प्रमुख खतिवडाले द रुफल्ड स्मल ग्रान्ट जुन कन्चरजंघामा वन कुकुर सम्बन्धि कार्यक्रम संचालित छ, यस्तै, द पुपिल्स टस्ट,जोलुजिकल सोसाइसटी अफ लन्डन, जुन एच फेलोसिप कार्यक्रम हो र प्रमुख कै श्रीमतीले संचालन गर्ने  लिभिङ विथ टाइगर कार्यालय डाटा र स्रोत साधनको प्रयोग आफूखसी गरिरहेको असन्तुट पक्षको दाबी छ। ‘आठौं दिनसम्म ताला लाग्दा पनि बेवास्ता छ’, आचार्य भन्छन, ‘प्रमुखको रवैयाले समुदायको जायज मागेको सम्बोधन हुन नसकेको हो।’
 

प्रकाशित: ३ पुस २०७३ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App