८ वैशाख २०८१ शनिबार
समाज

सुनकोसीमा गाडी खस्यो, ६ जनाको मृत्यु

सिन्धुली—काठमाडौंबाट हलेँसीतर्फ जाँदै गरेको स्कोरपियो गाडी सुनकोसीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रत्नावती गाविस ३ सोखुखोला नजिक बा १२ प ८८९७ नम्बरको स्कोरपियो गाडी सुनकोसीमा खस्दा ४ जना पुरुष र २ जना महिलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निर्मल पनेरुले जानकारी दिए।

मध्यपहाडी लोकमार्गअन्र्तगत रत्नावती गाविस ३ सोखुखोला नजिक बा १२ प ८८९७ नम्बरको स्कोरपियो गाडी सुनकोसीमा खस्दा ४ जना पुरुष र २ जना महिलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निर्मल पनेरुले जानकारी दिए।

घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको उनले बताए। गाडीमा सवार २ जना महिला गम्भीर घाइते रहेको र उनीहरुलाई उपचारार्थ काठमाडौं पठाइएको इन्स्पेक्टर पनेरुले जानकारी दिए। गाडीमा कति सवारी थिए भन्ने विवरण आउन बाँकी रहेको भन्दै अझै एक जना हराइरहेको अनुमान गरिएको उनले बताए।

प्रकाशित: ३ पुस २०७३ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App