coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद् विकास कोषको रकम तालिम भत्तामा

बाजुरा-जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने पाँच सांसदले आफ्नो संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन्।
सांसदले आफ्ना प्रतिनिधिमार्फत जिविसमा वितरण गरिएको योजना पेस गरेका छन् । वितरण गरिएको रकम अधिकांश तालिम भत्ता, अन्तक्र्रिया, मर्मत र निर्माणमा विनियोजन गरिएको छ। प्रत्येक सांसदले रु ५० लाख आफ्नै निर्णयमा योजना निर्माण गरी विनियोजन गर्ने प्रावधानअनुसार योजना बाँडफाँट गरिएको हो । सांसद कर्णबहादुर थापा, बद्री पाण्डे, वसुन्धरा रोकाया, कर्णबहादुर विक र पेम्बा गुरुङ भोटेले आफ्ना प्रतिनिधिमार्फत योजनाको फाइल जिविसमा पेस गरेको पाइएको छ।

विनियोजन गरिएको मध्ये नेकपा(एमाल)का तीनै सांसदले मदन आश्रित भवन निर्माणका लागि रु ३२ लाख रकम छुट्याएका छन् भने माओवादी केन्द्रका सांसद कर्ण विकले रु १० लाख ७५ हजारको तालिम, गोष्ठी र अन्तक्रियामा राखेका छन्। रासस

 

प्रकाशित: ३ पुस २०७३ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App