coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

'सुन्दर नेपाल खुसी नेपाली' फोटो प्रतियोगितामा मिथुन कुँवरको तस्बिर उत्कृष्ट

काठमाडौं-  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित “सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगितामा पाल्पाका मिथुन कुँवर प्रथम भएका छन्। उनले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको’ तस्बिरले प्रथम स्थान हासिल गरेको हो।

यसैगरी प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिरले दोस्रो स्थान हाँसिल गर्दा दयासागर केसीको पाटन दरबार क्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ। स्कन्द गौतमको कुहिरो भित्र देखिएको गुम्बाको तस्बिरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ।

यसैक्रममा “कला फोटोग्राफी”को विशिष्टीकरणका लागि प्रतिष्ठानले “सुन्दर नेपाल खुसी नेपाली” शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो।

प्रतियोगिताका लागि देशभरबाट २२१ फोटोग्राफरका करिब १ हजार फोटोहरु प्राप्त भएका थिए। वरिष्ठ फोटोग्राफर मणि लामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकार र स्पेसेस म्यागजिनका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ फोटोग्राफर अशेष राजवंश सम्मीलित निर्णायकमण्डलले विजेतासहित उकृष्ट ७० वटा फोटोहरु छानेको हो। यस प्रतियोगिताका प्रथमले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

 प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोहरुको प्रदर्शनी पौष ११ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा हुनेछ।

 

प्रकाशित: ७ पुस २०७६ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App