६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

चीनले अमेरिकाको ड्रोन चोरी गरेको ट्रम्पको आरोप

काठमाडौं–अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको ड्रोन चोरी गरेको आरोप लगाएका छन्। यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीन अमेरिकाको समुद्री ड्रोन फिर्ता गर्न तयार रहेको बताएको थियो।

ट्रम्पले भने, ‘हामीले चीनलाई उसले नियन्त्रणमा लिएको ड्रोन फिर्ता चाहिँदैन भन्नुपर्छ, किनभने चीनले सो ड्रोन चोरेको हो।’ पेन्टागनले भने आइतबार दक्षिणी चीन सागरमा चीनले कब्जामा लिएको ड्रोन फिर्ता गर्ने विषयमा सहमति भएको जनाएको थियो। 

पेन्टागनका प्रवक्ता पिटर कुकले शनिबार चीनसँग सिधा सम्पर्क गरेर अमेरिकको मानवरहित ड्रोन फिर्ता गर्ने विषयमा सहमति भएको जनाएका थिए। यसअघि चीनको रक्षा मन्त्रालयले अमेरिकी प्रतिक्रियाको आलोचना गरेको थियो।  चीनले अमेरिकलाई समुद्रमा चौकीदारी गर्ने काम बन्द गर्नसमेत चेतावनी दिएको थियो

ट्रम्पले  ट्विट गर्दै भनेका थिए, ‘अन्तर्राष्ट्रिय जल सीमाबाट चीनले अमेरिकाको मानवरहित ड्रोन चोरेको छ। सो ड्रोन पानीबाट निकालेर चीन लगिएको छ, यस्तो यसअगाडि कहिल्यै भएको थिएन।’
 
 

प्रकाशित: ३ पुस २०७३ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App