७ वैशाख २०८१ शुक्रबार
समाज

डोजरले सात दिन लगाएर हिउँ पन्छायो, दुई साता पछि नाग्म सडक सूचारु

जुम्ला– भारी हिमपातका कारण दुई सातादेखि बन्द नाग्म गमगडी सडक सूचारु भएको छ। गत मंसिर २६ गते परेको हिउँ २ फिटसम्म जमेपछि सडक अवरुद्द बनेको थियो। 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख सुवर्ण कुमार महताराका अनुसार झण्डै १८ किलोमिटर सडकमा जमेको हिउँ पन्छाएर सुडक खुलाइएको हो। 

‘हिउँले सडकको नामोनिसान थिएन्, डोजर लगाएर सडक खुलाइयो’ उनले भने, ‘सडकमा जमेको हिउँ पन्छाउन डोजरलाई ७ दिन लाग्यो।’

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको मालिकाबोता गाउँदेखि हिउँ पन्छाउने कार्य चलेको छ। बर्षामा हिलो र हिउँदमा हिउँले यो सडक बन्द गर्छ। 

बाटो खुलेसंगै अलपत्र परेका मालबहाक तथा यात्रुबहाक सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। हिउँका कारण रारा घुम्न आएका पर्यटकका एक दर्जन सवारी बाटैमा रोकिएका थिए।

नाग्म देखि गमगडी सम्मको दुरी ९३ किलोमिटर छ। नाग्मगमगडी सडकको सिँजा खण्डमा पनि हिलोले गाडी चल्न सकेका छैनन।

 

प्रकाशित: ७ पुस २०७६ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App