coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

जनजाति संघ क्यानडामा बुढाथोकी

नेपाली जनजाति संघ क्यानडाका नव निर्वाचित पदाधिकारी

क्यानडा— नेपाली जनजाति संघ क्यानडाको  अध्यक्षमा गिरिप्रसाद बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। सन् २०१७ र १८ को कार्यकालका लागि ब्रामटनमा निर्वाचन कार्यक्रम भएको थियो। अध्यक्षमा उनी सर्वसम्मत चयन हुन सफल भए।

उपसभापतिमा राजन तामाङ, महासचिवमा चन्द्र राई, कोषाध्यक्ष सोम गुरुङ, सह कोषाध्यक्ष शोभा गुरुङ, सचिव सीताराम लिम्बू चयन भएका छन्। सदस्यहरुमा रमेश राणा, दिपेश माझी, वेड गुरुङ तथा कसेव लुमारे चयन भएका छन्।

जनजाति संघ क्यानडा नेपाली समुदायको सक्रिय संस्थामध्येको सूचिमा पर्छ। 'समुदायको हितमा योगदान पुर्‍याउन यो मेरा लागि अवसर पनि हो। नयाँ जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नेछु', नवनिर्वाचित अध्यक्ष बुढाथोकीले भने।

प्रकाशित: ३ पुस २०७३ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App