coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नगरपालिकाद्वारा स्थानीयलाई ग्याँस चुल्हो वितरण

मुगु– छायाँनाथ रारा नगरपालिका–१३ मा खाना पकाउने एलपी ग्याँस र चुल्हो वितरण गरिएको छ।

दाउरा खोज्ने हैरानीबाट मुक्त हुने भएपछि उनीहरु खुशी समेत भएका छन्।

लापुगाउँका २४ दलित घरधुरी र लहगाउँका ३२ घरधुरीलाई ग्याँस चुल्हो उपलब्ध गराइएको नगरप्रमुख हरिजंग शाहीले बताए। उनका अनुसार गरिबसंग नगरप्रमुख कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो। 

उक्त स्थान नगरपालिकाको सबै भन्दा दुर्गम स्थान हो। ‘ग्याँस उपलब्ध भएपछि दाउरा खोज्ने समय बचत हुने र धुँवाबाट पनि मुक्त भइने छ’ स्थानीय रुपसिंह विकले भने। 

स्थानीय गोपाल बुढाले ग्याँस पाएपछि महिनाको १६ दिन बचत हुने र त्यो समयमा ज्याला मजदुरी गर्न सकिने बताए।

प्रकाशित: ७ पुस २०७६ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App