coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धारा २७४ संशोधन गरेर संविधान संशोधन प्रस्ताव ल्याउन माग

पोखरा-नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारले असंवैधानिक र जनभावना विपरीत संसद्मा विधान संशोधन प्रस्ताव दर्ता गरेको जनाउँदै त्यो कुनै हालतमा परित नहुने बताएका छन्।

प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा अाइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले संविधानको धारा २७४ संशोधन गरेर मात्र संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई चुनौती दिए।

पहाड र मधेसका बीचमा सामाजिक सद्भाव कायम गर्दै मुलुकलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले प्रदेश नं ५ का पहाडी जिल्ला चार नं मा गाभ्नुपर्ने माग कसैको पनि नभएको जिकिर गरे।
“सरकारलाई प्रस्ताव फिर्ता लिन अप्ठेरो परे संसद् स्थगन गरेर अगाडि बढ्न सकिन्छ” उहाँले भन्नुभयो,“ मुलुकमा एक वर्षभित्र तीन वटै तहको निर्वाचन गरेर संविधान कार्यान्वयतर्फ लाग्नुपर्छ । ”

सो अवसरमा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वाभिमानका लागि पार्टी कहिल्यै पछि नपर्ने बताउँदै एमाले प्रतिपक्षमा रहेर निर्वाचनमा जान तयार रहेको बताए।

प्रकाशित: ३ पुस २०७३ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App