८ वैशाख २०८१ शनिबार
समाज

गुण्डागर्दीमा संलग्न  दुई पक्राउ

सांकेतिक तस्विर

काठमाडौं– महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भनिने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। 

उनका अनुसार उनीहरुले काठमाडौँ उपत्यकामा सर्वसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्काई रकम माग गर्ने र नदिएमा हातहतियार देखाई ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएका थिए। उनीहरुविरुद्ध उजुरीसमेत परेको जनाइएको छ। आइतबार पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ। रासस  

प्रकाशित: ७ पुस २०७६ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App