पोखरा – चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) मा आइतबार शतप्रतिशत नजिता निकाल्दा बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढीलाई ७ विकेटले पराजित ग-यो।
सन्नी पटेलले नमस्ते पोखरा प्रिमियर लिगमै उत्कृष्ट स्पेल तथा करण केसी र भुवन कार्कीले लोभलाग्दो प्रदर्शन गरेपछि विराटनगर टाइटन्सलाई १ सय २८ रनमै समेट्दै चितवनले १८ रनको जित निकाल्यो।
सन्नीले चार ओभरमा दुई मेडन राखे। पिपिएलमा यो सबैभन्दा उत्कृष्ट स्पेल हो। उनले १० रन खर्चिएर १ विकेट लिए । करण केसी र भुवन कार्कीले समान ३ विकेट लिएपछि १ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा १ सय २८ रनमै समेटियो। म्यान अफ दी म्याच भुवनले ३ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए। विराटनगरका कप्तान प्रदीप ऐरीलाई ९, नोमन खानलाई १८ र राजु रिजाललाई १ रनमै पवेलियनको बाटो देखाएपछि विराटनगरको जितसम्म लम्किने आशामा तुषारापात लाग्यो। हारसँगै विराटनगरको प्लेअफ सम्भावना कमजोर बनेको छ।
पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा मोहम्मद जैद आलमलाई १ रनमै गुमाएको विराटनगरले दोस्रो विकेटको रूपमा अर्का ओपनर सुनील धमलालाई ५ रनमै गुमायो। प्रदीप ऐरी पनि कप्तानी जिम्मेवारीसहितको इनिङ्स खेल्न चुके। ऐरीलाई कार्कीले १९ बल खेल्ने क्रममा ९ रनमा क्रिजमा छँदा आउट गरे। एकपछि अर्को गरी विकेट झरेपछि विराटनगरका ब्याट्सम्यानले महŒवपूर्ण साझेदारी निभाउनै सकेनन्। नोमन खान व्यक्तिगत १८ रनमा आउट हुन पुगे।
आइतबार अर्काे खेलमा बुटवल ब्लास्टर्स तेस्रो जित निकाल्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
पुनीत मेहरालाई २४ रनमा गुमाएको विराटनगरलाई उकास्ने काम भने आठौं नम्बरमा आएका लोकेश बमले गरे। उनले समान पाँच चौका र छक्काको मद्दतमा ६२ रन बनाए। उनलाई करण केसीले विकेटकिपर अनिलकुमार साहको हातबाट क्याच गराए। बमको विकेटपछि जितेन्द्र मुखिया शून्यमै आउट हुँदा केसीले शाहब आलमलाई एक रनमै पवेलियन फर्काए। केसीले ४ ओभरमा ३३ रन खर्चिएर ३ विकेट लिएका थिए।
टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। पाँचांै विकेटका लागि आरिफ शेख र सन्नी पटेलले ६४ रनको साझेदारी गरे। आरिफले २२ बलमा समान ३ चौका र छक्काको मद्दतबाट ३९ रन बनाए। पटेलले पनि ८ बलमा २७ रन बनाए। रोहन मुस्तफालाई ७ रनमै जितेन्द्र मुखियाले राजु रिजालको हातबाट क्याच गराउँदै चितवनमाथि दबाब सृजना गरे। चितवनका कप्तान पारस खड्काले तेस्रो नम्बरमा आएर बाबर हायातसँग महŒवपूर्ण साझेदारी गरे। २५ रनमा बाबर आउट भएपछि अनिलकुमार साहसँग पारसको जोडी खासै प्रभावकारी भने रहेन। ३८ बल खेलेका पारसले ३५ रन बनाउँदा ५ चौका हिर्काए। बाबरले पनि ३१ बल खेल्दै २५ रन जोडे। साहलाई ३ रनमा गुमाएपछि चितवनको इनिङ्सलाई आरिफ र सन्नीले ओभरको अन्त्यसम्म सम्हाले।
आइतबार अर्काे खेलमा बुटवल ब्लास्टर्स तेस्रो जित निकाल्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। पहिलो विकेटका लागि ५३ र दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेपछि बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढीले दिएको १ सय ४१ रनको चुनौतीलाई १६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो।
अफ्ताबुद्दिन अहमद र शंकर रानाले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे। व्यक्तिगत २५ रनमा शंकर आउट हुनुअअघि हर्श टंकसँग दोस्रो विकेटका लागि ५२ रनको साझेदारी निभाए। अहमदले १ चौका र ७ छक्का प्रहार गर्दै ५२ रन बनाए। टंकले २१ बलमा ४० रन बनाए। शंकरले पनि ३१ बल खेल्दै ३ चौका स्कोरमा चढाए। शिवम् सिंह र भीम सार्की क्रमशः १५ र ७ रनमा अविजित रहे।
टस जितेको बुटवल दोस्रो इनिङमा ब्याटिङमा उत्रियो। एक्सपर्ट धनगढीले ६ रन बनाउने क्रममा दुई विकेट गुमायो। ओपनरद्वय शुभेन्दु पाण्डेलाई १ र रोड्रिगो थोमसलाई ५ रनमै गुमाएपछि कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी इनिङ्स खेले। उनले अविनाश बोहोराको बलमा क्याच हुनुअघि ६ चौका र २ छक्काको मद्दतमा ६१ रन बनाए। ऐरीले सन्दीप जोरासँग ८७ रनको साझेदारी गरे।
सन्दीप रिजाललाई शून्य रनमै गुमाएपछि ऐरी र जोराले चौथो विकेटका लागि ८७ रनको महŒवपूर्ण साझेदारी गरेका हुन्। जोराले ३२ बलमा ३९ रन बनाउँदा ४ चौका र १ छक्का हाने। सौरभ खनाल १०, अमित यादव ७ र कमलसिंह ऐरी १ रनमा आउट भएका थिए। अविनाश बोहोराले ३.५ ओभरमा २६ दिएर ४ विकेट लिए। ललित भण्डारीले ४ ओभरमा १९ रन दिएर ३ विकेट झारे। बोहोरा म्यान अफ दी म्याच घोषित भए।
प्रकाशित: ७ पुस २०७६ ०४:३५ सोमबार