coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आयोजक टिम च्याम्पियन

काठमाडौं – आयोजक सोतोकान कराते डो संघ (एसकेडियुएन) तेस्रो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिपमा टिम च्याम्पियन बन्न सफल भएको छ।

बुढानीलकण्ठ नगरपालिका–२ महादेव खोलास्थित एसकेडियुएनको आफ्नै कभर्डहलमा भएको च्याम्पियनसिपमा आयोजक १२ स्वर्णसहित टिम च्याम्पियन बन्न सफल भएको हो। नेपाल निहोन सोतोकान कराते संघ दोस्रो स्थानमा र इन्टरनेसनल मार्सल आर्ट्स संघ (आइएमए) तेस्रो स्थानमा रहे। निहोनले दुई स्वर्ण र आइएमएले एक स्वर्ण हात पारेका थिए।

प्रतियोगितामा आयोजक एसकेडियुएनका सागर चौलागाइ पुरुषतर्फ र आइएसकेएफ सोतोकानकी खुस्बु जैसवाल महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए। अनुशासित टिममा डब्लुएकेएफ सोतोकान कराते संघ रह्यो। आयोजक संघका विजय राई र आस्था थामी उदीयमान खेलाडी घोषित भए।

उक्त प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए भने विजेतालाई बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेललगायतले पुरस्कृत गरेका थिए। प्रतियोगितामा विभिन्न जिल्ला र आयोजकका गरी कुल १ सय ५० खेलाडीले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव एवं सहायक मुख्य प्रशिक्षक गोविन्द श्रेष्ठले जानकारी गराए।

प्रकाशित: ७ पुस २०७६ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App