coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फिर्मिनोको गोलमा लिभरपुललाई उपाधि

दोहा (एएफपी) – रोबर्टो फिर्मिनोले अतिरिक्त समयमा गरेको गोलमा फ्लेमिङ्गोमाथि १–० को जितका साथ शनिबार क्लब विश्वकपको उपाधि जितेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले त्यसलाई सनसनीपूर्ण भन्दै प्रतिक्रिया दिएका छन्।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ९९औं मिनेटमा फिर्मिनोले गरेको गोल लिभरपुललाई क्लब इतिहासमा क्लब विश्वकपको उपाधि जिताउन पर्याप्त बन्यो।

यसअघि निर्धारित समयको अन्तिम मिनेटमा भिडियो सहायक रेफ्री (भिएआर) ले लिभरपुलले गरेको पेनाल्टी अपिल खारेज गर्दा उत्साही बनेको बाजिली टोली फ्लेमिंगो फिर्मिनोको गोलपछि निराश बनेको थियो। कतारका रेफ्रीले सुरुआतमा साडियो मानेलाई  राफिन्हाले लडाउँदा पेनाल्टी दिएपछि भिएआरपछि आफ्नो निर्णय परिवर्तन गरेसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो।

लिभरपुलले सेमिफाइनलमा मेक्सिकन क्लब मोन्टेरीमाथि जित हात पार्दा पनि फिर्मिनोले इन्जुरी समयमा बललाई जाली चुमाएका थिए।

‘म उनको गोलमा निकै खुसी छु किनभने खेलअघि खेलाडीसँग मैले दक्षिण अमेरिकी टोलीका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण भएकाले त्यहीअनुरूप प्रदर्शन गर्न सुझाएको थिएँ,’ क्लोपले भने, ‘यो गोल उनका लागि पनि विशेष छ। जसका कारण टोली विजेता बन्यो। त्यौ साँच्चै सनसनीपूर्ण गोल रहेको थियो।’

२०१९ मा लिभरपुलले जितेको यो तेस्रो उपाधि हो। यसअघि लिभरपुलले च्याम्पियन्स लिग र युइएफए सुपर कपको समेत उपाधि जितेको थियो।

२०१९ मा लिभरपुलले जितेको यो तेस्रो उपाधि हो। यसअघि लिभरपुलले च्याम्पियन्स लिग र युइएफए सुपर कपको समेत उपाधि जितेको थियो।

‘आज निकै उत्कृष्ट प्रदर्शन ग-याैँ’ क्लोपले भने, ‘म खेलाडीहरूलाई विशेष धन्यवाद दिन चाहान्छु। मैले खेलअघि यो उपाधि जिते कस्तो अनुभव हुन्छ भन्ने प्रश्नमा मौन बसेको थिएँ। तर अब म भन्न सक्छु कि यो निकै अद्भुत र सनसनीपूर्ण छ।’

फ्लेमिङ्गोले १९८१ मा लिभरपुललाई निराश पार्दै क्लब विश्वकपको उपाधि जितेको थियो। साथै टोली क्लब विश्वकपको उपाधि जित्ने युरोपबाहिरको पहिला टोलीसमेत बनेको थियो। त्यस्तै ब्राजिली क्लब कोरिन्थियन्स २०१२ मा चेल्सीलाई हराउँदै क्लब विश्वकप जित्ने अर्को ब्राजिली क्लब बनेको थियो।

‘हामीले हा-याैँ, तर नतिजामा मात्र। अन्यथा हामी अन्य कुनै पक्षमा पनि पछि परेनाैँ। लिभरपुल उत्कृष्ट थियो र हामी पनि,’ फ्लेमिङ्गोका प्रशिक्षक जर्ज जिजसले भने, ‘मैले जुनबाट मात्र टोली सम्हालेको हुँ। मैले टोलीलाई ब्राजिली लिगको उपाधि र कोपा लेबर्टाडोरेसको समेत उपाधि जिताएको थिएँ। त्यसैले हाम्रा लागि जारी सिजन अविस्मरणीय सिजन हो। हामीले आफ्नो उत्कृष्टता प्रमाणित गर्दै ब्राजिली टोली पनि युरोपियन टोलीकै स्तरका छन् भन्ने समेत देखायाैँ।’

प्रकाशित: ७ पुस २०७६ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App