रुसी राष्ट्रपति पुटिनलाई कारवाही गर्ने ओबामाकाे चेतावनी

आइतबार, ०३ पुष २०७३, ११ : २० एजेन्सी

वासिङट–अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिको चुनाव अगावै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ह्याकिङमा नलाग्न आग्रह गरेको बताएका छन् । शनिबार ‘के ओबामालाई इमेल ह्याकिङ प्रकरणमा रुसी राष्ट्रपतिको हात छ जस्तो लाग्छ’ भनी सोधिएको प्रश्नमा ओबामाले भ्लादमिर पुटिनको संलग्नताबिना यस्तो हुन नसक्ने दाबी गरे । तर उनले चुनावको अभियानका क्रममा गरिएको भनिएको हस्तक्षेपका लागि रुसले सजाय पाउने बताए ।

अमेरिकाको एनपिआर रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा ओबामाले भने, ‘हामीले कारवाही गर्नैपर्छ र हामी गर्नेछौँ ’ क्लिन्टन र डेमोक्रेटिक पार्टीको इमेल ह्याकिङ गरेको आरोप रुसमाथि लागिरहेको छ जसको मस्कोले खण्डन गर्दै आएको छ ।

ओबामाले चुनाव अघि आफूले पाएको गुप्तचरको सूचनाले रुसले डेमोक्रेटिक पार्टीका इमेलहरु ह्याक गरिरहेकोमा आफूलाई विश्वस्त बनाएको पनि उल्लेख गरे । उनले राष्ट्रपतिमा निर्र्वािचत डोनल्ड ट्रम्पलाई अमेरिकाको चुनावी प्रक्रियामा भएको हस्तक्षेपको विषयलाई गम्भीर रुपमा लिन आह्वान गरेका छन् ।

तर उनले उक्त हस्तक्षेपले चुनावी परिणाममा निर्णायक असर गरे नगरेको बारेमा भने कुनै टिप्पणी गरेनन् । यसैबीच चुनावमा पराजित भएपछि पहिलोपटक प्रतिक्रिया जनाउँदै डेमोक्रेटिक तर्फकी उम्मेदवार हिलारी क्लिन्टनले रुसले इमेल ह्याक गरेकै कारण आफूले चुनावमा हार बेहोरेको बताएकी छन् ।

उनले आफू चुनावमा पराजित हुनुमा रुसले अनधिकृत रुपमा इमेल ह्याक गर्नुलाई जिम्मेवार ठह¥याएकी छन् । उनले पाँच वर्षअघिको रुसको संसदीय चुनावलाई आफूले धाँधलीपूर्ण भनेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूविरुद्ध व्यक्तिगत प्रतिशोध साँधेको पार्टीका आफ्ना दाताहरुलाई बताएकी हुन् । अमेरिकाको संघीय जाँच ब्यूरो एफबिआइका निर्देशक जेम्स कोमीले चुनावको केही दिनअघि अनुसन्धानबारे पत्र सार्वजनिक गरिदिँदा मुख्य राज्यहरुमा आफूले हारेको उनले उल्लेख गरिन् ।

यसैबीच अमेरिकाको गुप्तचर निकाय सिआइएको राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप भएको भन्ने मुल्यांकन प्रति एफबिआइले समर्थन जनाएको छ । डेमोक्र्या्टिक पार्टी र क्लिन्टनकी एकजना निकट सहयोगीको इमेलहरु अनधिकृत रुपमा ह्याक गरेको अभियोग रुसमाथि लगाइँदै आएको छ ।

द न्यूयोर्क टाइम्सले भनेको छ, चुनाव अघि इमेलहरु रुसले ह्याक गरेको भन्ने खबरहरु ब्यापक रुपमा फैलिए पनि क्लिन्टनले उक्त विषयमा पहिलोपटक प्रतिक्रिया जनाएकी हुन् ।  क्लिन्टनलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले लेखेको छ, ‘यो आक्रमण म र मेरो चुनावी अभियानमाथि मात्रै होइन देशविरुद्धकै हमला हो । यो हाम्रो प्रजातन्त्रको निष्ठा र देशको सुरक्षासँग सम्बन्धित विषय हो ।’ रुसी राष्ट्रपतिका एकजना प्रवक्ताले प्रमाण बिना लगाइएको आरोप अनुचित भएको प्रतिक्रिया दिएका छन् । रिपब्लिकनका तर्फबाट राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले रुसमाथिको आरोपलाई ‘मजाक’का रुपमा चित्रण गर्दै त्यो राजनीतिक रुपमा पूर्वाग्रही भएको बताएका छन् ।





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad