७ वैशाख २०८१ शुक्रबार
समाज

एपीएफ स्कुलमा छात्रावास बन्यो

काठमाडौं – सशस्त्र प्रहरी बल विद्यालयका छात्राका लागि छात्रावास निर्माण भएको छ। कीर्तिपुर नगरपालिका–७ स्थित चम्पादेवीमा ३२ कोठे छात्रावासको आइतबार उद्घाटन गरिएको छ। भारत सरकारको चार करोड ४२ हजार रुपैयाँको अनुदानमा निर्माण गरिएको छात्रावास विद्यालयलाई हस्तान्तरण गरिएको हो।

नवनिर्मित छात्रावासको आइतबार नेपालस्थित भारतीय दूतावासका नियोग उपप्रमुख अजयकुमारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, नगरपालिकाका प्रमुख तथा चम्पादेवीका सामुदायिक नेतृत्वकर्ताको उपस्थितिमा हस्तान्तरण गरेका छन्।

छात्रावास प्रमुखका लागि एउटा छुट्टै कक्ष, शयन कक्षका साथै प्रत्यक तलामा छात्राका लागि फर्निचरसहित स्नानघर, सरसफाइको सुविधायुक्त संरचना निर्माण गरिएको छ। नवनिर्मित संरचनाले अध्ययन–अध्यापनमा थप मद्दत पुग्ने नियोग उपप्रमुख अजयकुमारको विश्वास छ। यहाँको शैक्षिक पूर्वाधार निर्माणमा नेपाल सरकारलाई सघाउन पाएकोमा आफूहरू खुसी भएको उनको भनाइ थियो। सन् २००५ मा स्थापना भएको यस स्कुल नेपाल सशस्त्र प्रहरी बल अन्तर्गत रहेको सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो।

प्रकाशित: ७ पुस २०७६ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App