coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन वर्षमा ६० जनाको मृत्यु

आइतबार बिहान मूलथलामा भएको मिनीट्रक दुर्घटना।

नुवाकोट – विदुर नगरपालिका–६ स्थित मुलथलामा मिनीट्रक दुर्घटना हुँदा आइतबार दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुन्थला चैनपुर सडक खण्डमा काम गर्ने कामदार रहेका छन्। बा२क ७९१० नम्बरको मिनीट्रक दुर्घटना हुँदा रसवाको नौकुण्ड गाउँपालिका–३ का सुदीप तामाङ र खोटाङ घर भएका अनिल तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिए। उक्त दुर्घटनामा ६ जना घाइते भएका छन्।

घाइते हुनेमा जाजरकोट स्यालाकी बिमल सुनार, जाजरकोट भेरीगंगाका टंकराज सुनार, हेमराज ठकुरी, तिलक खत्री, नुवाकोट बिदुर नगरपालिका–६ मुलथलाका सचितकुमार रिमाल रहेकाको प्रहरीले जानकारी दिएको छ। चालक नुवाकोट ककनी गाउँपालिका–१ का गणेश बलामी पनि घाइते भएका छन्। घाइतेलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौं पठाएको प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए।

आइतबार दुर्घटना ज्यान गुमाएका सहित तीन वर्षको समयमा यहाँ सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। आर्थिक वर्ष २०७४/७५ मा २२ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ। यो अवधिमा १४ जना गम्भिर घाइते र ५२ जना सामान्य घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय नुवाकोटको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा २३ वटा सडक दुर्घटना हुँदा ४१ जनाको मृत्यु, २९ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएका थिए।

चालु आर्थिक वर्षको अहिलेसम्म आठवटा सडक दुर्घटना भएका छन्। उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सडक निमार्णमा गुणस्तरीय सामग्रीको प्रयोग, सडकमा जथाभावी निमार्ण सामग्री थुपार्ने, छाडा पशु चौपायाका कारण सडक दुर्घटना हुने गरेको डिएसपी थापाले बताए। सडक प्रयोग गर्दामा जनचेतनाको अभावले बढी दुर्घटना हुने गरेको उनको भनाइ छ।

प्रकाशित: ७ पुस २०७६ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App