माओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामद

सोमबार, ०७ पुष २०७६, ०७ : १९ रोहित राई

धरान – सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना मुख्यालयलाई विशेष सूचना प्राप्त भएपछि आइतबार सुरक्षा निकायले खानतलासी गर्दा हतियार र गोली बरामद भएको हो।

एक थान खिया लागेको एसएमजी हतियार र नौ हजार नौ सय ८२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। उनका अनुसार स्थानीय खेम प्रधानको घर परिसरको जमिनमुनि गाडिएको अवस्थामा हतियार र गोली बरामद गरिएको हो। ‘२० लिटर प्लाष्टिकको ड्रमभित्र हालेर गाडेको अवस्थामा हतियार र गोली भेटिए,’ एसपी पोखरेलले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’

हतियार र गोली भेटिएको घरका धनी प्रधान तत्कालीन नेकपा माओवादीका कार्यकर्ता हुन्। उनले २०६७ सालमा घर परिसरमा कुखुरा फार्म खोलेका थिए। हतियार र गोली सोही कुखुरा फार्ममुनि गाडेर राखिएको थियो। फार्म ढलान गरिएको जमिनमुनि गाडिएको अवस्थामा हतियार र गोली भेटिएकाले ती २०६७ सालअघि नै राखिएको सुरक्षा निकायको निष्कर्ष छ। ‘२०६७ सालमा कुखुरा फार्मको भुइँ ढलान भएकाले त्यहाँ त्यसभन्दा अघि नै हतियार र गोली गाडिएको भन्ने बुझिन्छ,’ एसपी पोखरेलले भने।

यसअघि धरान ६ पानवारीबाट द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले प्रयोग गरेको अत्याधुनिक हतियारसहित नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता पक्राउ परेका थिए। आइतबार बरामद हतियार र गोली पनि सशस्त्र द्वन्द्वकालमा विद्रोही माओवादीले प्रयोग गरेको र शान्तिप्रक्रियामा आएपछि लुकाउन गाडिएको अनुमान गरिएको छ।

स्थानीय बासिन्दाका अनुसार घरधनी प्रधान माओवादी सशस्त्र युद्धको समयमा अर्धभूमिगत थिए। तर पछिल्लो केही वर्षयता भने उनी राजनीतिमा सक्रिय नभएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताए। ‘उनी पूर्वमाओवादी कार्यकर्ता हुन्, युद्धकालमा अर्धभूमिगत थिए तर पछिल्लो समय राजनीतिमा निष्क्रिय छन्,’ मेयर खनालले भने।

हतियार र गोली भेटिएपछि प्रहरीले प्रधानलाई पक्राउ गरे÷नगरेको विषयमा खुलाएको छैन। जिल्ला प्रहरी प्रमुख एसपी पोखरेलले हतियार र गोली बरामद भएको विषयमा अनुसन्धान भइरहेको मात्र प्रतिक्रिया दिए। ‘अनुसन्धान भइरहेको छ,’ उनले भने।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad