coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाँच सय विद्यार्थीलाई स्कुल व्याग वितरण

युमि नेपालको सहयोगमा प्राप्त स्कुल व्याग वितरण गर्दै त्रियुगा नगरप्रमुख बलदेव चौधरी। तस्बिरः मेहेश्वर

उदयपुर- उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नमूना माविमा अध्ययनरत ५ सय विद्यार्थीले जापानमा अध्ययनरत विद्यार्थीहरुको संस्थाबाट किताव–कापी बोक्ने झोला (स्कुल व्याग) पाएका छन्। जापानको टोकियो विश्वविद्यालयमा अध्ययनरत छात्रछात्राको संस्था ‘युमी नेपाल–जापान’ले गाईघाटस्थित त्रियुगा माविका ४ सय ९५ विद्यार्थीहरुलाई व्याग वितरण गरेको हो।

युमी नेपाल जापानले ‘तिमी–म नेपाल’मार्फत आईतबार एक कार्यक्रमको आयोजना गरी कक्षा ६ देखि ८ सम्म अध्ययनरत छात्रछात्रालाई व्याग वितरण गरेको हो। त्रियुगा नगरप्रमुख बलदेव चौधरी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापा र त्रियुगा ११ का वडाध्यक्ष विश्वराज भट्टराईलगायतले विद्यार्थीलाई व्याग वितरण गरे।

व्याग वितरण गर्दै मेयर चौधरीले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्याग सहयोग गरेर शिक्षाप्रति देखाएको उदारताप्रति युमी नेपालका प्रशंसा गरे। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई युमीले व्याग दिएसँगै त्रियुगा नगरपालिकाले पनि कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्कुल व्याग वितरण गर्ने योजना अघि सारेको मेयर चौधरीले दिए।

कार्यक्रममा त्रियुगा नगर शिक्षा अधिकृत जसबहादुर कार्की, तिमी म नेपालका कार्यक्रमका संयोजक प्रदिपराज भण्डारी, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई र समाजसेवी राजकुमार शर्मालगायतले सहयोगी संस्थाको प्रशंसा गर्दै शैक्षिक गुणस्तरका लागि यस्तो सहयोग आवश्यक रहेको बताएका थिए।

 

 

प्रकाशित: ६ पुस २०७६ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App