coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विभेदको पर्खाल भत्काउन बाँकी छ: मन्त्री बराल

कार्यक्रममा सहभागी अतिथिहरु।

रुपन्देही- प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपालका दलित समुदाय ऐतिहासिक सर्वहारा वर्ग भएकाले विभेदको पर्खाल भत्काउनुपर्ने बताएका छन्। उनले नेपालमा राज्यले विभिन्न धार्मिक मान्यता तथा कानुन नै निर्माण गरेर पुस्तौदेखि दलित समुदायलाई सम्पत्ति, प्रतिष्ठा र अधिकारविहीन बनाएकाले दलित समुदायको उत्थानका लागि विशेष अवसरहरु दिइएको बताए।

रुपन्देहीको तिलोत्तमामा आईतबार भएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ३७ औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री बरालले दलित समुदायमाथि भएको विभेद साँस्कृतिक रुपान्तरणसँग जोडिएकाले संघर्ष अझै जारी राख्नुपर्ने बताए।

उनले समाजमा समानता कायम गर्नका लागि साँस्कृतिक लडाई र संघर्ष जारी रहेपनि पहिलेको तुलनामा उपलब्धि पनि प्राप्त भएको बताए। तर, दलित समुदायका उत्थानमा क्रियाशिल संघसंस्थाले संघर्षबाट प्राप्त भएको उपलब्धि रक्षाका लागि भने त्यति ध्यान नदिएको मन्त्री बरालको तर्क छ। ‘संघर्षमा जति ध्यान पुग्यो, प्राप्त उपलब्धि रक्षामा ध्यान पुगेको छैन’ मन्त्री बरालले भने।

उनले प्रदेश नम्बर ५ सरकारले प्रदेशलाई छुवाछुतमुक्त प्रदेश बनाउने योजना बनाएको जानकारी गराए। उनले प्रदेश सरकार दलित समुदायको उत्थानका निम्ति कार्यक्रमका हिसाबले पनि सहकार्य गर्दै अघि बढ्ने बताए।

कार्यक्रममा पूर्व सांसद विजुल विश्वकर्मा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोकचन्द विक, दलित मुक्ति मोर्चाका केन्द्रीय सहसंयोजक हरिओम विश्वकर्मा, नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डे, नेकपा तिलोत्तमाका नेता लक्ष्मण खनाल, संघीय समाजवादी पार्टीका रुपन्देही अध्यक्ष पदम विश्वकर्मा,  राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष थर्क बहादुर बाह्रघरे, संघका उपाध्यक्ष मनिराम देवल, महासचिव गोर्वद्धन कोली लगायतले बोल्दै जातीय भेदभाव अन्त्य नहुनुमा सरकार नै जिम्मेवार हुनुपर्ने बताए।

 

 

प्रकाशित: ६ पुस २०७६ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App