८ वैशाख २०८१ शनिबार
समाज

दाङमा एक वर्षमा ७९ जना बलात्कृत, ४२ बालिका मात्रै

दाङ- जिल्लामा पछिल्लो एक वर्षमा ७९ जनामाथि बलात्कार भएको छ। ६९ वटा बलात्कार घटनामा ७९ जना पीडित भएको एक तथ्यांकले देखाएको छ। ७९ जनामध्ये सबै भन्दा बढि बालिका बलात्कृत भएका छन्। ७९ मध्य ४२ जना बालिका बलात्कृत भएका छन्।

मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको ईन्सेकले गरेको अध्ययनका क्रममा जिल्लामा ५ वर्ष उमेर समूहका बालीकादेखि ४५ वर्षिया वृद्धा बलात्कारको शिकार बनेकोे देखिएको छ। यसैगरि बलात्कारको घटनामा ५० वर्षिय वृद्ध सहभागी भएकोसमेत ईन्सेकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। ईन्सेक दाङका जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कार मुद्धामा मुछिएका १३ जनाले सफाई पाएका छन्।

जिल्लाको यो तथ्यांकलाई ईन्सेकले विगतका वर्ष भन्दा यस वर्ष बलात्कारका घटनामा वृद्धि भएकोसमेत जनाएको छ। ईन्सेक जिल्ला प्रतिनिधि सागरले भने ‘जिल्लामा हामीहरुले गरेको अध्ययन अनुसार वर्षेनी साना बालिकादेखि वृद्धाहरुसमेत बलात्कृत हुने क्रम बढेको देखिन्छ।’ बलात्कारकै कारण एक बालिकाले बच्चा जन्माएको र अर्कि एक किशोरीले ७ महिनाको गर्भसमेत सम्हालिरहेको ईन्सेकले जनाएको छ।

ईन्सेकको प्रतिवेदन अनुसार जिल्लामा सबै भन्दा बढि बलात्कार आफ्ना आफन्तीहरुबाटै हुने गरेको छ। ‘एक वर्षको अध्ययका क्रममा ससुरा, भान्जा, दाजु, भाई, छिमेकीबाटै बलात्कृत हुनेको संख्या धेरै छ’ ईन्सेक जिल्ला प्रतिनिधि सागरले भने ‘आफन्ती बाहेक प्रहरी तथा शिक्षकबाट पनि बलात्कार भएका छन्।’

बलात्कारसँगै एक वर्षको अवधिमा जिल्लामा २ सय २४ मानव अधिकार उल्लङघनका घटना भएका छन्। कथित बोक्सी आरोप, जातिय विभेद, घर निकाला, मानव बेचबिखन, अपहरणका घटना जिल्लामा पछिल्लो एक वर्षको अवधिमा पनि रोकिन नसकेको देखिएको छ। ५१ देखि ६५ वर्षीय वृद्धाहरुलाई कथित बोक्सी भन्दै कुटपिट गरिको ईन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। उक्त प्रतिवेदन अनुसार अपहेलाका २२ घटनामा २२ जना पीडित भएका छन्। यसैगरि अस्थाका बन्दी सम्बन्धी २२ घटनामा ५० जना पीडित भएका छन्।

यसैगरि ३ भ्रुुणको हत्या गरिएको छ भने आत्महत्या दुरुत्साहका २ वटा घटना भएका छन्। यिसँगै कुटपीट, दुव्र्यवहार, बहुविवाह लगाएतका घटना गरि जिल्लामा मानव अधिकार उल्लङघनका २ सय २४ घटना भएको ईन्सेकले जनाएको छ। तीन वर्षिया बालिका अपहरण परेको दाङमा १४ वर्षिय बालकलाई आफन्तबाटै भारतमा बिक्री गरेको घटनासमेत जिल्लामा भएको छ। जनप्रतिनिधिले नै पत्नी घर निकाला गर्ने काम गरेको भन्दै एक जनप्रतिनिधि आफै घरेलु हिंसामा परेको ईन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

‘यी सबै घटनाहरु हेर्दा यो वर्ष मानवअधिकारको अवस्थामा सुधार आउन सकेन’ ईन्सेक प्रतिनिधि सागरले भने ‘तथापी यी सबै घटनामध्ये धेरैजसो घटनाको प्रहरीमा उजुरी आएको छ भने न्यायिक प्रक्रिया थालिएको पनि छ।’०७५ पुस यता जिल्लामा १ सय ७९ घटना गैरराज्य, ३५ राज्य र १० वटा घटना अज्ञात पक्षबाट भएका छन्। जसमा १ सय ७२ महिलासहित २ सय ४२ जना पीडित भएको ईन्सेकले जनाएको छ।

प्रकाशित: ६ पुस २०७६ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App