coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल एयरलाइन्सले जापानको नारिताबाट उडान भर्ने

जापान- नेपाल एयरलाइन्सले नारिता अन्तर्राष्ट्रिय बिमानस्थलबाट मार्च २ तारिखबाट साताको तीन दिन उडान भर्ने भएको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सन् २०२० को मार्च २ तारिखबाट साताको तीन दिन नारिता बिमानस्थलबाट उडान गर्ने सुनिश्चित भएको हो।

नेपाल एयरलाईन्सको जापानस्थित कन्ट्रि डाईरेक्टर सन्तोष पाण्डेका अनुसार साताको तीन दिन सोमबार, बुधवार र शुक्रबार उडान गर्नेगरि नेपाल एयरलाईन्सले अनुमति पाएको छ। 'जापान सिभिल एभिएसनमा सम्पूर्ण प्रक्रिया पुरा गरेर बिहिबार सबै कागजात हस्तान्तरण गरिएको छ' कन्ट्रि डाईरेक्टर पाण्डेले  भने अब जहाज भनेकै मितिमा उड्छ। केही दिन भित्रमै टिकट बुकिग खुल्ला गर्नेगरि साताको तीन दिनको लागि उडान प्रक्रिया अघि बढाईसकिएको समेत पाण्डेले बताए।

केही दिनदेखी टोकियोमै रहेर जापान सिभिल एभिएसनबाट जहाज उडान प्रकिया पुरा गराउन खटिंदै आएका पाण्डेले  भाडादर ओसाकाको तुलनामा थोरै बढी भएपनि नेपालसम्म उडान भर्दै आएका बिदेशी बिमान कम्पनीहरुको भन्दा महंगो नहुने बताए।

नेपाल एयरलाईन्स काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट मार्च २ तारिख नेपाली समय अनुसार बिहान १ बजेर २५ मिनेटमा जापानको लागि उड्ने छ। बिमान नारिता बिमानस्थलमा जापानी समय अनुसार बिहान ११ बजे अवतरण हुनेछ।

११ बजे अवतरण भएको बिमान जापानबाट यात्रु बोकेर मध्यान्ह १ बजे नेपालको लागि छुट्नेछ। नेपालको समय अनुसार बिमान साँझ ६ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण हुनेछ।

बिमानलाई एकतर्फी उडान समय करिव ६ घण्टा ३० मिनेट लाग्ने छ। साताको तीन दिन नै नेपाल एयरलाईन्सको नेपालबाट आउने र जापानबाट फर्कीने समय एउटै हुनेछ। नेपाल एयरलाईन्सले हाल जापानको ओसाका स्थित कान्साई अन्तर्राष्ट्रिय बिमानस्थलबाट साताको तीनदिन उडान भर्दै आएको छ।

१२ बर्षपछि नेपाल एयरलाईन्सले गत जुलाई ४ तारिखबाट ओसाका काठमाडौं सिधा उडान भर्दै आएको हो। नेपालले जापानसँग पहिलोपटक सन् १९९३ मा हवाई सम्झौता गर्दै सन् १९९४ बाट नेपाल जापान उडान गर्दै आएको थियो। तर सन् २००७ मा बिमान अभावको कारण उडान स्थगित गरेको थियो।

पछिल्लो पटक यसैबर्षको सुरुवातमा भएको सम्झौता नविकरण अनुसार नेपाल वायुसेवा निगमले जापानको हानेदा बिमानस्थल बाहेकका बिमानस्थलमा साताको १४ वटासम्म उडान भर्न पाउने अनुमति पाएको छ।

सुरुको केही महिना यात्रु पाउन समस्या भएपनि ओसाका उडानमा हाल ७५ प्रतिशत यात्रु चाप रहेको कन्ट्रि म्यानेजर सन्तोष पाण्डेले जानकारी दिए। एयरलाईन्सले नारितबाट उडान थालेपछि भने ओसाका उडान तत्कालको लागि स्थगित हुने पाण्डेको भनाई छ।

जापानवासी नेपालीहरुको चाहना र यहाँको बजार माग अनुसार एयरलाईन्सले राजधानी टोकियो नजिकैको नारिताबाट उडान थाल्न लागेको पाण्डेको दाबी छ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनेगरि जापानी पर्यटकलाई नेपाल वायुसेवा निगमको उडान मार्फत नेपाल पठाउन सद्भावना दूतको रुपमा सहयोग गर्नुपर्ने समय आएको छ' कन्ट्री मेनेजर सन्तोष पाण्डेले भने'अब सबै जापानवासी नेपालीहरुको एकमात्र रोजाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्स हुनुपर्छ।'

टोकियोबासी उत्साहित

राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवाले टोकियो नजिकैको नारिता अन्तराष्ट्रिय विमानस्थल बाट उडान थाल्ने सार्वजनिक भएसँगै टोकियोबासी नेपाली उत्साहित बनेका छन्। बिना झंझट ७ घण्टामा आफ्नै देशको ध्वजावाहक जहाजमा नेपाल पुग्न सकिने भएपछि यो भन्दा ठूलो कुरा के होला र? एनआरएनए जापानका सदस्य तथा युवा व्यवसायी श्याम खड्काले भने ‘अब तपाईहामी सबैले नेपाल बायुसेवालाई नै प्रयोग गर्नपर्छ। 

प्रकाशित: ६ पुस २०७६ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App